भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले कात्तिक २ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
शनिबार भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकायसमेतसँगको छलफल, परामर्शपछि स्थानीय प्रशासनले अत्यावश्यक बाहेकका अन्य सेवा बन्दको निर्णय गरेको हो ।

‘कात्तिक २ देखि भक्तपुर जिल्लाभित्र अत्यावश्यक सेवाबाहेकका सार्वजनिक सेवा प्रवाह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ,’ जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ
सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भीड अत्याधिक भई संक्रमण फैलिने जोखिम रहेका कारण सो निर्णय गरिएको प्रशासनले जनाएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरले भोलि आइतबारदेखि लागू हुनेगरी अत्यावश्यक बाहेकको सेवा प्रवाह स्थगित गरेको छ भने हालसम्म जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने यसबारे केही निर्णय गरेको छैन ।

...

All Comments.......


Please Login/Register To Comments