भक्तपुर । ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को वार्षिक कार्य योजना निर्माण तथा अभिमुखिकरण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य.सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यतामा ब्यासीमा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि सुरेन्द्रराज गोसाईले सहकारी संस्थाले शेयर सदस्यहरुलाई नेपाली भाषा शुद्ध बोल्न र लेख्न सिकाउनु पर्छ, भााषिक शुद्धता नभएपछि  आर्थिक रुपमा तल्लो भएको भन्दा तल्लो पर्न जान्छ । शेयर सदस्यहरुमा थप शैक्षिक जागरण ल्याउन अन्तरक्रिया गोष्ठीको आयोजना गर्नुपर्छ । संस्था स्थापना भएको १५ वर्षको अनुभव  र उपलब्धिबाटबाट  शिक्षा लिई पञ्च वर्षिय योजना बनाए थोरै समयमा धेरै विकास हुन्छ । पानी र माछा संगै गए झै सामाजिक कार्यमा सहकारी र समाज संगै जानुपर्छ भन्नुभयो । भक्तपुर नपा वडानं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नपाले आर्थिक योजना बनाई अघि बढीरहेको छ । लघु उद्योग सञ्चालनमा जोड दिइरहेको छ । युवा उद्यमशिलताको लागि रु ५ लाख सम्म ऋण प्रदान गर्ने छ र हस्तकला उद्योग सचालन गर्न गइरहेको छ भन्नुभयो ।
      ख्वप बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजकुमार लघुले वार्षिक बजेट अनुसार संस्थाका विभिन्न समिति उपसमितिहरुलाई वार्षिक कार्य योजना प्रस्तुत गर्न  अनुरोध गर्दै स्वास्थ्य बचत र पेन्सन बचत गर्नपर्ने  र संस्थाको सदस्यता बृद्धिका लागि समिति उपसमिति सदस्यहरुले पहल गर्नुपर्ने र आव. २०८०÷२०८१ म संस्थाको सदस्य संख्या  २००० जना पु¥याउने लक्ष्य  रहेको वताउनु भयो  ।नेमकिपा व्यासी ईकाइका अध्यक्ष गणेशप्रसाद सुवालले ५०औं पार्टी स्थापना दिवसको शुभकामना ब्यक्त गर्दै  नेर्तृत्वले संस्थालाई अगाडि बढाउन लगनशील भई मेहनत गर्न आवश्यक छ भन्नुभयो । कार्यक्रममा संस्थाका सल्लाहकार कुमार लघु , लेखा उपसमितिका कृष्णराम सुलुले वार्षिक कार्य योजना निर्माणले संस्थाको गतिविधीका लागि क्यालेण्डर निर्माण भई कार्य गर्न सजिलो हुन्छ भन्नुभयो । 
      संस्थाका सचिव अमर बासुकलाले उपस्थित सबैलाई स्वागत गर्दै आर्थिक गतिविधिका साथै ख्वप बचतले सामाजिक कार्यमा पनि जोड दिइरहेको छ भन्नुभयो । संस्थाका कोषाध्यक्ष लक्ष्मीनारायण सुवालले संस्थाको आर्थिक स्थितिबारे जानकारी दिंदै संस्थामा  तरलता  ३२ प्रतिशत रहेकोले सदस्यहरुलाई ढुक्क भई कारोबार गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा जिल्ला बचत संघका प्रशिक्षक तुल्सीहरि प्रजापतिले सहकारीको विकासमा नेर्तृत्वको भूमिका र योगदान विषयक प्रशिक्षण दिनुभयो । वार्षिक कार्ययोजना निर्माणका लागि समूह÷समूह बनाई छलफल गराइएको थियो । छलफल पछि शिक्षा उपसमितिबाट कृष्णगोपाल आचार्य,  महिला उपसमितिबाट सुलोचना सुवाल, स्वास्थ्य उपसमितिबाट सुन्दर ब्यान्जू, अतिरिक्त क्रियाकलाप उपसमितिबाट साजन लघु, लेखा समितिबाट लक्ष्मीदास बासुकला, ऋण उपसमितिबाट अमर बासुकला ,बचत उपसमितिबाट राजेश ब्यान्जू ,ऋण अनुगमन उपसमितिबाट नारायण याकामी र कृषि उपसमितिबाट कृष्णप्रसाद आचार्यले आ–आफ्नो समितिको वार्षिक कार्य योजना प्रस्तुत गर्नुभयो ।

...

All Comments.......


Please Login/Register To Comments