भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० पलासेमा साँगाबाट जगातीतर्फ आउँदै गरेको बा.२ ख. ९४५४ नं. को भाडाको बस र बिपरित दिशाबाट जाँदै गरेको बा.७८ प.३१५५ नं. को मोटरसाइकल एक–आपसमा  ठोक्किन जाँदा मोटरसाइकल चालक काभ्रे धुलिखेल नगरपालिका वडा नं. ७  बाँसघारी घर भएका वर्ष ५४ को मुकुन्द प्रसाद तिमल्सिनाको मृत्यु भएको छ । गम्भीर घाइते भई उपचारको लागि मध्यपुर अस्पताल लगेकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको प्रहरीले जनाएको छ । दुर्घटना भएको मोटरसाइकल, बस र बस चालक दोलखा भीमेश्वर नगरपालिका वडा नं.  ७  घर भई हाल काभ्रे बस्ने वर्ष ३५ को देहेन्द्र सिंह बस्नेतलाई प्रहरी वृत जगाती भक्तपुरको नियन्त्रणमा राखिएको छ । घटनाको सम्बन्धम थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । दुर्घटना हिजो शनिबार राति भएको थियो । 
...

All Comments.......


Please Login/Register To Comments