भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिस“ग नेपाल कब्बडी संघका अध्यक्ष तुलसी थापाले भेट गर्नुभयो । भक्तपुर नगरपालिकाको आयोजनामा हुन गइरहेको अन्तर नगर महिला कब्बडी प्रतियोगिताबारे छलफल गर्न अध्यक्ष थापाले भेट गर्नु भएको हो । 
नगर प्रमुख प्रजापतिले हरेक क्षेत्रमा महिलालाई अगाडि बढाउने उद्देश्यले यस वर्ष भक्तपुर नगरपालिकाले अन्तर नगर महिला कब्बडी प्रतियोगिता गर्न लागेको बताउनुभयो । उहा“ले कब्बडी प्रतियोगिता व्यवस्थित रुपमा सम्पन्न गर्न कब्बडी संघको तर्पmबाट खेल सामग्री र आवश्यक प्राविधिक सहयोग गर्न आग्रह गर्नुभयो । 
कब्बडी संघका अध्यक्ष तुलसी थापाले नमूना नगरको रुपमा विकास भइरहेको भक्तपुर नगरपालिकाले महिला कब्बडी प्रतियोगिता आयोजना गरेकोमा खुशी व्यक्त गर्दै संघको तर्पmबाट आवश्यक सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहा“ले देशका ४४ जिल्लामा कब्बडी संघ रहेको बताउ“दै व्यवस्थित कभर्ड हलको अभावमा आशातित प्रगति हुन नसकेको जानकारी दिनुभयो । 
भेटमा उपप्रमुख रजनी जोशी, भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, नेपाल कब्बडी संघका सचिव तर्कराज भट्ट, एसिएन कब्बडी फाउण्डेसनका उपाध्यक्ष विनोद प्रजापति, नेपाल कब्बडी संघका केन्द्रीय सदस्य शरद दर्शनधारी, भक्तपुर जिल्ला कब्बडी संघका अध्यक्ष पशुपति प्रजापतिलगायतको उपस्थिति रहेको थियो । 

...

All Comments.......


Please Login/Register To Comments