भक्तपुर । सहाराविहीन वृद्धबृद्धाहरुको निःशुल्क वासको व्यवस्थाका लागि भक्तपुरमा भव्य भबन निर्माणको तयारी भएको छ । जिल्लाको चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथलीमा बैशाख १ गतेदेखि भबन निर्माण शिलान्यासको तयारी थालिएको हो । 
भबन निर्माणका लागि त्यहाँं जग्गा खरिदको काम सम्पन्न भएको छ । चाँंगुनारयण नगरपालिका वडा नं ९ ताथलीमा ५० आनाको ठूलो क्षेत्रफलको जग्गा खरिद गरिसकेको छ । 
छोरीको घर जेष्ठ नागरिक आश्रमका संरक्षक आचार्य तथा कथावाचक वालयोगेश्वर श्री विजयकृष्ण मूर्तिजी महाराजले प्रति आना साढे चार लाखमा जग्गा खरिदको काम भइसकेको जानकारी गराए । अव त्यहाँं पाँंच सय जना असाहाय बृद्धबृद्धाहरुलाई राख्नसक्ने क्षमताको भव्य भबन वैशाखमा शिलान्यास गर्ने उनले जनाए । वैशाखमा शिलान्यासको लागि निर्माण थालनी गर्दै असाहाय बृद्धबृद्धाहरुलाई निःशुल्क खाने, वस्ने, सुत्ने तथा औषधि उपचारको वन्दोवस्त गर्ने उनले जनाए । 
भबन निर्माणका लागि १० करोडको बजेट लाग्ने अनुमान गरिएको छ । भव्य भबन हुने भएकोले विस्तारै क्रमशः भबन बनाउँंदै बृद्धबृद्धाहरुलाई आश्रय दिंदै जाने योजना राखिएको छ । काम थाल्नका लागि हाल यही स्थानमा असोज ११ गतेदेखि २७ गतेसम्म भएको श्री छोरीको घर जेष्ठ नागरिक आश्रमद्धारा आयोजित भक्तपुर चाँंगुनारायण ताथली धार्मिक तथा सांस्कृतिक महामहोत्सव एवं श्रीमद् भागवत विराट पितृ उद्धार ज्ञान महायज्ञ २०८० मा चन्दादाताहरुबाट प्राप्त एक करोड १२ लाख ३६ हजार तीन सय ८९ रुपैयाँ ६५ पैसा रहेको जनाइएको छ । साथै विभिन्न व्यक्ति तथा संस्थाहरुबाट बोल कवोल गरिएको प्राप्त हुन बाँंकी रकम ६३ लाख ६४ हजार सात सय ७९ रुपैयाँं पनि रहेको जनाइयो । 
‘उठिसकेको र उठन बाँंकी गरी हामीसँंग कुल एक करोड ७६ लाख एक हजार एक सय ६८ रुपैयाँं ६५ पैसा भएको छ, आश्रमका संरक्षक बालगोगेश्वर महाराजले भने, निर्माण थालिएपछि फेरि पनि धेरै दाताहरुबाट पैसा उठ्ने विश्वास हाम्रो हो ।’ं 
भबन बनाउनका लागि अहिले पनि विभिन्न संघसंस्था, राजनीतिक दलका नेताहरु, दाताहरुले सघाउने प्रविबद्धता जनाइरहेको जनाइएको छ । भबन निर्माणका लागि राष्टिय प्रजातन्त्र पार्टीका संघीय सांसद् ज्ञानेन्द्र शाहीले एक सय वोरा सिमेन्ट उपलव्ध गराइदिने वचन दिएको छोरीको घर जेष्ठ नागरि आश्रमले जनाएको छ । साथै भक्तपुरको सूर्यविनायक नगरपालिकाले घटीमा ५० लाखदेखि वढीमा एक करोडसम्मको रकम सहयोग गर्ने जनाइएको छ । यस्तैयस्तै धेरै ठाउँंबाट सहयोगको वाचा भएको जनाइएको छ । 
अहिले पनि त्यहाँं एक दर्जन जति टहराहरु छन् । त्यसमा हाल नौ जना ससाहाय बृद्धबृद्धाहरु छन् । पहिला १३ जना रहेकोमा चार जनालाई पारिवारिक मिलन गराई घर पठाइएको जनाइएको छ । यहाँं बस्ने बृद्धबृद्धाहरुले कुनै शुल्क तिर्नुपर्दैन । साथै कुनै सोर्सफोस पनि लगाउनु पर्दैन । साँंचो रुपमा सहाराविहीन बृद्धबृद्धालाई स्वतः त्यहाँं स्वागत गरिन्छ । 

...

All Comments.......


Please Login/Register To Comments