प्रेम
  • Post Date 2024-02-18 14:44:39

पहिलो प्रेम 
तिमीले लेखेको पत्रसँग 
दोस्रो प्रेम 
तिमीले दिएको औंठीसँग
अनि तेस्रो प्रेम  
भौतिक शरीरसँग
तैपनि, प्रेम के हो बुझ्न सकनौ तिमीले
न मैले नै बुझ्न सकेँ 

तिमिले बुझेको प्रेम 
धन र सम्पत्ति 
अनि 
ठुला –ठुला महल 
पद, प्रतिष्ठा
तिमीले
आँखा चिम्लेर दिने  प्रेम नै 
बस् त्यही थियो ।

प्रिय मन, 
तर, 
तिमीले 
दिएको  प्रेम
किन प्रेम लागेन मलाई?
सोधिरहेछु आफैलाई ।
मैले बुझेको प्रेम  त
भावना र सद्भाव थियो
दुई आत्माको मिलनको विन्दु थियो
जीवनमा दुःख सुख
हाँसो खुसी 
 बाड्ने हो प्रेम थियो ।

खै तिमीले बुझेको प्रेम
ठिक 
वा मैले बुझेको प्रेम ठिक ?
समयले 
पक्कै बताउँला ।
म समयकै चौतारीमा 
कुरिरहेछु 
एउटा जिज्ञासा बोकेर

राम चन्द्र प्रजापति
...

All Comments.......


Please Login/Register To Comments