भक्तपुर । मिति २०७७।०७।०३ गते अं. बिहान ०९ः०० बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं.०३ कौशलटार बस्ने रोहन पराजुलीको घर अगाडी पार्किङ गरी राखेको द्यबवबव कम्पनिको कालो रंङ्गको लु ६३ प ०७४ नम्बरको ल्क् द्दण्ण् सिसिको मोटरसाईकल हराएको भन्ने सुचना महानगरीय प्रहरी बृत ठिमी प्राप्त हुनासाथ महाननगरीय प्रहरी वृत ठिमी र अपराध महाशाखा पिसिसिबीको संयुक्त टोली परिचालन गरी घटनास्थलमा सुक्ष्म अनुसन्धान गर्दा चोरी भएको ठाँउमा नजिकै शंकास्पद ब्यक्ति आई फोनको रिचार्ज गरेको र सोहि समयमा नै मोटरसाईकल हराएको भन्ने यकिन हुनासाथ उक्त स्थानमा फेला परेको रिचार्ज कार्डलाई आधार मानि “आपरेसन रिचार्ज कार्ड“ नामबाट अनुसन्धान शुरु गरिएको । उक्त रिचार्ज कार्ड प्रयोग भएको फोन नम्बरलाई आधार बनाई अनुसन्धान गर्दै गर्दा सोहि दिन पुनः १५ः३० बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं.०२ मगरगाउँ स्थित साजन न्यौपानेको घर अगाडी पार्किङ गरी राखेको प्रदेश ३(०२(००३ प ३८३५ नम्बरको ल्क् २ण्ण् सिसि बजाज कम्पनिको सेतो रंङ्गको पल्सर मोटरसाईकल समेत चोरी भएको भनि यस महानगरीय प्रहरी वृत ठिमी भक्तपुरमा सुचना प्राप्त हुन साथ दुबै चोरीको घटनालाई समानान्तर अनुसन्धान गर्दै जाने क्रममा मध्यपुर ठिमी नगरपालिका वडा न. ०८ बोडेमा रहेको बोडे पेट्रोल पम्प नजिकै रहेको गार्मेन्टको अगाडि सडकमा लु ६३ प ७०७४ नम्बरको २२० सिसिको ल्क् पल्सर मोटरसाईकल नम्वर परिवर्तन गरेको अवस्थामा परिवर्तित नम्बर प्रदेश ३(०२(०१७ प ६१६७ नं को प्लेट जडान गरिएको अवस्थामा फेला परेकोमा चोरी गर्ने ब्यक्तिको निगरानी गरिरहेको अबस्थामा करिव १६ः३० बजे प्रदेश ३(०३(०१० प १५६७ नम्बरको २२० सिसिको रातो कालो रंगको पल्सर मोटरसाईकल सहित उक्त स्थानमा जिल्ला रामेछाप ठोसे गा.बि.स.वडा नं.०३ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा न. ०८ बोडे बस्ने बर्ष १८ को अरुण तामाङ आई उक्त मोटरसाईकल पार्किङ गरी भाग्दै गर्दा करिव २०० मिटर टाढाबाट निजलाई पक्राउ गरिएको र निज संगको प्रारम्भिक अनुसन्धानको आधारमा जिल्ला दोलखा भिमेश्वर नगरपालिका वडा नं.०४ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा न. ०८ बोडे बस्ने बर्ष २२ को महेश तामाङलाई निजको कोठाबाट पक्राउ गरि यस कार्यालयमा ल्याई रिचार्ज कार्ड बेच्ने पसलेबाट सनाखत गराउदा सनाखत समेत भएको ।
 त्यसपछि महेश तामाङको प्रारम्भिक अनुसन्धानको आधारमा जिल्ला सिन्धुपाल्चोक पाचँपोखरी थाङपाल गाउँपालिका वडा नं.०७ घर भई हाल जिल्ला काठमाण्डौ कागेश्वरी नगरपालिका वडा नं.०९ मुलपानी बस्ने बर्ष २९ को मनोज लामालाई मुलपानीबाट प्रदेश ३(०२(०१८ प ४७४१ नम्बरको २२० सिसिको निलो पल्सर मोटरसाईकल सहित पक्रउ गरिएको र महेश तामाङको प्रारम्भिक अनुसन्धानको आधारमा प्रदेश ३(०२(००३ प ३८३५ नम्बरको २२० सिसिको पल्सर ल्क् मोटरसाईकल (सेतो रंङ्गको) मध्यपुर ठिमी नगरपालिका वडा न. ०५ कमेरोटारबाट बरामद गरिएको ।
 सो सम्बन्धमा थप अरु ब्यक्तिहरूको संग्लग्नता लगायतका बिषयमा यस कार्यालयबाट सुक्ष्मरूपमा थप अनुसन्धान भईरहेको छ ।
 पक्राउ परेका ब्यक्तिहरू ः
ज्ञ. जिल्ला रामेछाप ठोसे गा.बि.स.वडा नं.०३ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा न. ०८ बोडे बस्ने बर्ष १८ को अरुण तामाङ ।
द्द. जिल्ला दोलखा भिमेश्वर नगरपालिका वडा नं.०४ घर भई हाल जिल्ला भक्तपुर
 मध्यपुर ठिमी नगरपालिका वडा न. ०८ बोडे बस्ने बर्ष २२ को महेश तामाङ ।
घ. जिल्ला सिन्धुपाल्चोक पाचँपोखरी थाङपाल गाउँपालिका वडा नं.०७ घर भई हाल जिल्ला काठमाण्डौ कागेश्वरी नगरपालिका वडा नं.०९ मुलपानी बस्ने बर्ष २९ को मनोज लामा ।
 बरामद गरिएका मोटरसाईकलहरूः
 निजहरुको साथबाट बरामद हुन आएको मोटरसाईकलहरु
ज्ञ. लु ६३ प ७०७४ नम्बरको २२० सिसिको ल्क् पल्सर मोटरसाईकल नम्वर परिवर्तन गरेको अवस्थामा परिवर्तित नम्बर प्रदेश ३(०२(०१७ प ६१६७
द्द. प्रदेश ३(०३(०१० प १५६७ नम्बरको २२० सिसिको रातो कालो रंगको पल्सर मोटरसाईकल
घ .प्रदेश ३(०२(०१८ प ४७४१ नम्बरको २२० सिसिको निलो पल्सर मोटरसाईकल
द्ध. प्रदेश ३(०२(००३ प ३८३५ नम्बरको २२० सिसिको पल्सर ल्क् मोटरसाईकल (सेतो रंङ्गको)
 साथै मनोज तामाङ र महेश तामाङको साथबाट बरामद भएका मोटरसाईकलहरुको
 सवारी धनि हाल सम्म खुल्न नसकेको ।

...

All Comments.......


Please Login/Register To Comments