तरकारी नष्ट गरेकामा महासंघको विरोध
काठमाडौ । बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको कारणले नेपालभर बिगत चैत्र ११ गतेदेखि लगाउदै आएको लकडाउनको अवस्थामा दैनिक अत्यावश्यक वस्तुको सहज आपूर्ति व्यवस्थापनमा कठिनाई भई रहेको व्यहोराअवगत नै भएको होला । अहिलेसम्मको परिस्थितिलाई मूल्यांकन गर्दा कोरोना भाइरसको संक्रमण बिदेशबाट बिशेष गरी भारतबाट आएका नेपालीहरुमा नै भई रहेको देखिएकोछ भने तिनीहरुबाट अरु व्यक्तिहरुलाई पनि संक्रमण हुन थालेकोछ भने सम्भावना पनि प्रवल हुंदै गएको अवस्था छ, जस्को कारणले आम नेपाली जनता संत्रस्त हुनु स्वाभाविक छ । तर सम्भावना र आशंकालाई नै आधार बनाइ केही ठाउंहरुमा नेपालमा नै उत्पादित तरकारी समेत स्थानीय जनप्रतिनिधी एवं प्रशासन समेतले भारतीय तरकारी भन्दै जवरजस्ती खाल्डोमा पुर्ने, नष्ट गर्ने काम हुन थालेकोमा यस मन्चको ध्यान गम्भिर रुपमा आकर्षित भएकोछ र यस कार्यको बिरोध समेत गर्दछ ।
केही दिन अगाडी शुक्ला गण्डकी नगरपालिका, तनहूंमा, वडा नं. १७, पोखरा महानगरपालिकमा, उर्लाबारी नगरपालिका, मोरंगमा र अर्घाखांचीको सन्धीखर्कमा स्थानीय जनप्रतिनिधीहरु, प्रहरी र प्रशासन समेतको मिलोमतोमा चितवन, धादिंग लगायत नेपालका बिभिन्न जिल्लाबाट उत्पादित तरकारी तथा फलफुलमा कोरोनाको संक्रमण भएको हुन सक्ने भन्दै आशंकाको भरमा बलजफती दवाव दिइ नष्ट गर्ने काम भएको व्यहोरा श्रीमानमा जानकारीको लागी अनुरोध गर्दछौं ।
नेपाली जनताको लागी दैनिक अत्यावश्यक वस्तुको रुपमा रहेको तरकारी तथा फलफुल बजारमा ठूलो अभाव भई रहेको अवस्थामा आशंकाको भरमा यसरी नष्ट गर्नु आफैमा गलत काम त हुंदै हो, नेपाल सरकारको केन्द्रीय कृषि अनुसन्धान शालाबाट सिमानाकाहरुमा क्वारेन्टीन चेक नभइकन कुनै पनि तरकारी तथा फलफुल भन्सार बिन्दुबाट ल्याउनै नसक्ने र बिना कागजात त्यस्तो सामाग्री ढुवानी गर्न नसक्ने अवस्थामा सरकारकै अभिन्न अंगको रुपमा रहेका जनप्रतिनिधी तथा प्रशासनबाट यस्तो काम गर्नुलाइ राज्य आतंकको रुपमा व्यवसायी तथा आमनागरिकले हेर्ने भएकोले यस बिषयमा तत्काल आवश्यक छानविन गरी दोषी माथि कारवाही गरी पाउन र लकडाउनमा बसेका आमनागरिकलाई तरकारी तथा फलफुल लगायत दैनिक अत्यावश्यक वस्तुको सहज आपूर्ति व्यवस्थापन गरी पाउनको लागी श्रीमानमा हार्दिक अनुरोध गर्दछौं ।

...

All Comments.......


Please Login/Register To Comments