सबिना सिल्पकार
भक्तपुर । भक्तपुरस्थित सूर्यविनायक नगरपालिका (कटुञ्जे) मा अवस्थिति एउटा मन्दिर हो, सुर्वणेश्वर महादेव, जून ज्यादै आकर्षक रहेको छ । यस मन्दिरको प्राकृतिक शिवलिग तामाले ढाकेको छ । यो  मन्दिरको अर्को नाम लुचु महादेव पनि हो, जसले भक्तजनहरलाई सुनको आर्शिबाद दिने महादेव भनेर पनि चिनिन्छ । 
भक्तजनहरु प्रायः विशेष दिन साउन महिनामा, तीज र शिवरात्रीको दिन बढी स्थानीय बासिन्दाले घुइचो हुने बताएका छन् । बेलाबेलामा विभिन्न किसिमका कार्यक्रम पनि गरिन्छ यहाँं, जस्तै धिमे निकाल्ने, बोच्या पुजा इत्यादि । यहाँं मठमन्दिर, पाटी, धारा, भजन गर्ने मण्डली, पिपलको बोट पनि छ । बिभिन्न मानिसहरूले सहयोग पनि दिएर जान्छन । जस्तै ऐना, भक्तजनको लागि टेबुल, चन्दा पनि । यहाँ उपलब्ध शिलालेखले मन्दिर ७५३ इस्विमा भएको बताउँछ । यो मन्दिर उचाइमा भएको कारणले भक्तपुर, ललितपुर, काठमाडौं सजिलै हेर्न सकिन्छ यहाँंबाट । यो धार्मिक महत्व हुनुको साथसाथै गणेशमानको शालिक पनि रहेको छ । यो  पिकनिकका लागि रमनीय ठाउँ भएकोले धेरै मानिसहरू आफ्नो   छुट्टीको समयमा आन्नद र रमाइलो गर्न साथीहरू, परिवारसग यहाँं आउने गर्दछन् । स्थानीय  बासिन्दाहरु विहानबेलुका हिंडेर स्वच्छ हावा खानका लागि आउने र उनीहरु हरेक भक्तहरूले जय शम्भो भन्छन् । (प्रशिक्षार्थी पत्रकार) 

...

All Comments.......


Please Login/Register To Comments