ललितपुर, ९ फागुन । बागमती प्रदेश बक्सिङ संघको तेश्रो पूर्ण कार्यसमितिको बैठक अध्यक्ष धनकुमार मैनालीको अध्यक्षतामा प्रदेश संघको विधान–२०८०, चैत २ गतेदेखि हुने राष्ट्रिय प्रतियोगिता र गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको लागि प्रदेश बक्सिङ खेलाडी छनौट प्रतियोगिता –२०८० फागुन १० देखि १२ सम्म सातदोबाटो बक्सिङ प्रशिक्षण हलमा गर्ने निर्णय भएको सचिव रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो । 
बैठकले छनौट प्रतियोगित समन्वयको लागि प्रदेश संघ अध्यक्ष धनकुमार मैनालीको संयोजकत्वमा उपाध्यक्षहरु रामचन्द्र थापामगर र सुमन कुमार केसी सदस्य रहने गरी प्रविधिक समिति गठन गरियो । साथै प्राविधिक समन्वयका लागि उपाध्यक्ष रामचन्द्र थापामगर, अतिथि सत्कार, हल व्यवस्थापन, सरसफाई, खाजा व्यवस्थापन गर्न उपाध्यक्ष सुमनकुमार केसीको संयोजकत्वमा सुरज ग्वाछा र कबुना श्रेष्ठ सदस्य रहने तीन सदस्यी समिति गठन गरियो भने प्रचारप्रसार र कार्यक्रम संचालन गर्ने जिम्मेवारी प्रदेश संघका सचिव रामकृष्ण प्रजापतिलाई जिम्मेवारी बाँडफाँड गरियो ।  

...

All Comments.......


Please Login/Register To Comments