ललितपुर, १२ फागुन । अभिभावक संघ नेपालको छैठौं महाधिवेशन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय शरद सिं भण्डारीको प्रमुख आतिथ्यतामा थसिखेलको महालक्ष्मी पार्टी प्यालेसमा एक समारोह बिच सम्पन्न भयो । 
कार्यक्रममा प्रमुख अतिथि भण्डारीले बाउन्न बर्ष पुरानो शिक्षा ऐन २०२८ बाट अहिलेसम्म पनि नयाँ शिक्षा ऐन बनाउन नसकेकोमा दुःख व्यक्त गर्दै अहिले विधेयक प्रस्तुत गर्दा दुई सय भन्दा बढी संशोधन आएको बताउनुभयो । उहाँले आर्टिफिसियल इन्टेलिजेन्ट मेशिनबाट व्यवस्थापनका कामहरु भई रहेकोले बैदेशिक रोजगार पनि विस्तारै क्षीन हुने सम्भाबना रहेको बताउँदै शिक्षामा श्रम, शीप र रोजगारमुलक आजको आवश्यकता हो भन्नुभयो । उहाँले विदेश गएको भन्दा फर्काउन पहल गरे उनीहरुले श्रम गर्ने बानी, अनुशासन र शीप लिएर आफ्नो देशको विकास गर्न सक्ने बनाउनुभयो ।
कार्यक्रममा नेपाल अभिभावक महासंघ अध्यक्ष एवम् अभिभावक संघ नेपालका संरक्षक सुप्रभात भण्डारीले अभिभावक भनेको बालबालिकालाई चेतना, असल बनाउने प्रयास गरी संरक्षण गर्ने जो कोहि पनि भएको बताउँदै शिक्षा भनेको ज्ञान हो, परिवर्तन हो, समाजको रुपान्तरण हो, माटोलाई माया गर्ने र शीपमुलक सिकाइ नै शिक्षा हो भन्नुभयो । उहाँले अभिभावक शिक्षा चाहिने बताउँदै प्रत्येक बर्ष पाँच लाख मानिस श्रम बजारमा आउँने भएकोले देश मै स्वरोजगार बनाउन शिक्षालाई श्रम संग जोडिनु पर्ने बताउनुभयो । उहाँले शिक्षा ऐन ल्याउने दायित्व सरकारको भएको बताउँदै बयालीस प्रतिशत डिजिपि धान्य कृषिले अहिले मुस्किलले सताईस प्रतिशन रहेकोले कृषिलाई अगाडि लाने शिक्षा चाहिन्छ र गुणस्तरीय जीवन नै शिक्षा हो भन्नुभयो । 
कार्यक्रममा अभिभावक संघ नेपालका अध्यक्ष केशब पुरीको अध्यक्षतामा भएको कार्यक्रममा माननीय सांसद ललित जङ्ग बस्नेत, प्रदेश सांसद रधुनाथ मर्हजन, सिटिभिटिका पूर्व महानिर्देशक डा.रामहरी लामिछाने, एन प्याब्सनका सुवास नेवाङ्ग, अभिभावक संघ कोशि प्रदेशका अध्यक्ष डा.देवी पन्थीले पनि बोल्नु भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मणिरत्न बज्राचार्य र संचालन अभिभावक संघ बागमती प्रदेश अध्यक्ष रामचन्द्र सुवेदीले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिले मणिरत्न बज्राचार्य लगायतलाई सम्मान गरेको थियो ।
बन्द सत्रबाट केशब पुरीको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कार्य समितिमा बरिष्ट उपाध्यक्षमा मणिरत्न बज्राचार्य, ईश्वर कान्त मैनाली, उपाध्यक्षमा बद्रि सञ्जेल, के.बि.शर्मा, पुनम निरौला, महासचिवमा रामचन्द्र सुवेद, सहायक महासचिवमा रामकृष्ण प्रजापति, सचिवमा हिरा पौडेल, सुमित्रा न्यौपाने, रमा गिरी, कोषाध्यक्षमा केदार कार्की, सहकोषाध्यक्षमा मोदती केसि, सदस्यहरुमा विकास रोक्का, मिना पाठक, सुष्मा सिलवाल, राम सुवाल, शान्ता बस्नेत, निर्मला पाण्डे, श्याम केसि, शोभा बुढाथोकी, कमल तिमल्सिना, रमिला सापकोटा, रामेश्वर थापा, बेचेन कापर, प्रविण निरौला रहेका छन् । मानोनित र प्रदेश अध्यक्षहरु पदेन सदस्य रहने गरी विधान संशोधन समेत गरेको छ ।   

...

All Comments.......


Please Login/Register To Comments