भक्तपुर । समदर्शी बचत तथा सहकारी संस्था ली। को स्थापना दिवसको उपलक्ष्यमा दिपावली तथा चियापान कार्यक्रम संचालक समितिको आयोजनामा संस्थाको कार्यकक्षमा सम्पन्न भयो ।    
   संस्थाका संस्थापक अध्यक्ष हरिराम लवजुले  १५ जनाको बचत समुहलाई सहकारीको रुपमा परिणत गरि ५६ जना संस्थापक हुने गरि २०५९ फागुन १६ गते बात बिधिवत रुपमा कारोबार सुरु गरेको  संस्थामा समुहका १५ जना साथीहरुको योगदान अतुलनीय रहेको बताउनु भयो । सस्थाले आफ्नो नारा अनुसार सदस्यहरु आर्थिक  समस्याका साथै अरु समस्यालाई आफ्नो समस्या ठानेर धेरै सदस्यलाई सहयोग गरेको बताउनु भयो ।  संस्थाका अध्यक्ष रामकृष्ण मानन्धरले  संस्था स्थापना गर्न अतुलनीय योगदान पुर्याउनु हुने १५ जना संस्थापकहरुलाइ  फागुन १८ गते समिती उपसमिति तथा संस्थापक भेला कार्यक्रममा सम्मान गर्ने बताउनु भयो । संस्थालाई आजको स्थिति सम्म पुर्याउन सहयोग गर्ने सबै सहयोगीहरु प्रती आभार प्रकत गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो । संस्थाका सचीव बिश्व बहादुर दुवालले   १५ जनाको बचत कोषबाट समदर्शी स्थापना हुनुको इतिहासको बारेमा चर्चा गर्नुभयो ।  संस्थाको सल्लाहकार समिति संयोजक बिश्व मोहन जोशीले समदर्शी सह अस्तित्व भएका फरक फरक पेशामा आबद्ध भएकाहरु  मिलेर स्थापना भइ विभिन्न बाधा अद्चनलाइ पार गर्दै आजको अवस्था सम्म पुगेको बताउनुभयो ।        
  संस्थाका अध्यक्ष रामकृष्ण मानन्धरको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रममा स्वागत कोषाध्यक्ष सुवर्ण केशरी दुवाल , धन्यवाद लक्ष्मीप्रसाद प्रजापति र कार्यक्रम संचालन सचिव बिश्व बहादुर दुवालले गर्नुभएको थियो ।  संस्थाको महिला तथा बालबालिका उपसमितिले गोल्मढी सेवाकेन्द्र कार्यालय र महेश्वरी स्थित मुख्य कार्यालयमा दिपावली  कार्यक्रमको आयोजना  गरेका थिए  । कार्यक्रममा  ३७ जनाको सहभागिता रहेको थियो ।

...

All Comments.......


Please Login/Register To Comments