रोजिना सुलु (प्रशिक्षार्थी पत्रकार) 
भक्तपुर, फागुन १७
भक्तपुर युवा टिमको आयोजनामा भोलि शुक्रबारदेखि भक्तपुरमा तेस्रो भक्तपुर कप फुटबल प्रतियोगिता २०८० हुँदैछ । प्रतियोगिता फागुन १८ गतेदेखि २६ गतेसम्म हुनेछ । 
भक्तपुर गोल्मढीस्थित आयोजक भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वानावासुका अनुसार प्रतियोगितामा १६ वटा टिमवीच प्रतिस्पर्धा हुनेछ । उनका अनुसार यस प्रतियोगिताको उद्‍घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिको प्रमुख अतिथिमा हुनेछ । 
उदघाटन कार्यक्रम विहान ८ बजेबाट सुरू हुँदैछ । उदघाटन कार्यक्रम हनुमानघाटस्थित महेश्वरी खेल मैदानमा हुने उनले जानकारी गराए । साथै उनले यो एक हप्ताको प्रतियोगिता सभ्य भव्यताका साथ सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले प्रतियोगितामा सहभागी भएका खेलाडीलाई प्रोत्साहन गर्न पनि अनुरोध गरे ।
...

All Comments.......


Please Login/Register To Comments