नविना श्रेष्ठ निकै लामो समयपछि नेपाल स्काउटको मुहार फेरिएको छ। झन्डै पाँच वर्ष अर्थात २०७५ पौष १६ गते लोकबहादुर भण्डारीको संयोजकत्वमा गठित नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिको कार्यकाल २०८० फागुन १३ गते विधिवत रुपमा समाप्त भएको छ। करिब पाँच बर्षको यो अवधि नेपाल स्काउटको विकास, विस्तार र पूर्नसंरचनामा ऐतिहासिक रहन पुगेको छ। लोक बहादुर भण्डारीको कुशल नेतृत्व तथा नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति राष्ट्रिय प्रधान कार्यालय र प्रदेश कार्यालयका कर्मचारीहरु प्रदेश तथा स्थानीय तदर्थ समितिका प्रदाधिकारी र सम्पूर्ण स्वयमसेवी सदस्यहरूको योगदानको उच्च कदर गर्दै आज नेपाल स्काउटले फन्को मारेको छ। तालिम दलबाट निर्वाचित भएपछि नेपाल स्काउटको प्रमुख आयुक्तमा महेन्द्रराज रञ्जित नियुक्त भएका छ। सरकारले नेपाल राष्ट्र बैंकमा करिव तीन दशक काम गरेर अवकाश पाएका महेन्द्रराज रञ्जितलाई स्काउटको प्रमुख आयुक्तमा नियुक्त गरेको हो। प्रमुख आयुक्त बनेपछि महेन्द्रराज रञ्जितले आफ्नो भिजन अनुसार अगाडि बढी युवाको क्षमता अभिवृद्धिमा पनि आफू लाग्ने बताएका छन् । ‘हामीले हाम्रो भिजन अनुसार काम गर्ने हो, सन् २०३२ सम्मको भिजन हामीले तयार गरिसकेका छौं, सोही अनुसार हामी अगाडि बढ्छौं, ‘उनले भने, ‘युवाको क्षमता अभिवृद्धि गर्दै यस संस्थामा युवालाई आबद्ध गर्नतर्फ हाम्रो ध्यान केन्द्रित हुनेछ।’ नेपाल स्काउट जस्तो मर्यादित संस्थाको मूल्य मान्यतालाई कायम राख्दै अनुशासित तथा देशभक्त समाज निर्माणका लागि अग्रणी भूमिका खेल्ने उनको भनाइ छ। नेपाल स्काउटको सह-प्रमुख आयुक्तमा किरण गिरी, इन्दु तिवारी सुवेदी र अन्तर्राष्ट्रिय आयुक्तमा देवराज घिमिरे तथा तालिम आयुक्तमा सन्तोषकुमार थापा नियुक्त भएका छन्।भने राष्ट्रिय कार्यकारी समिति सदस्यमा आयुक्त शिवराम अर्याल लगायत १५ जनाको केन्द्रीय समिति गठन भएको छ।...

All Comments.......


Please Login/Register To Comments