मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ स्थित मिसा पासा फल्चा पुचःद्धारा आयोजित रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् । वि.सं.२०७२ सालको भुकम्प पछि स्थापना भएको पुचःले सामाजिक कार्य अन्तर्गत महिला एवं बालबालिका सचेतना कार्यक्रम गर्दै आएको छ । पुचःद्धारा शंखधर चोकमा आयोजित पहिलो रक्तदान कार्यक्रमबारे जानकारी दिदैं पुचःकी अध्यक्ष मुना कायस्थले पुचःले हालसम्म महिला बालबालिका सचेतना, निशुल्क स्वास्थ्य शिविरदेखि व्यक्तित्व एवं नेतृत्व विकासका कार्यहरु गर्दै आएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यलयमा विधिवत दर्ता भएर सामाजिक कार्य गर्दै आएको पुचःले ८ वर्षमा महिला र बालबालिकाको क्षेत्रमा गरेका कार्यहरुको जानकारी दिदैं पुचःकी कोषाध्यक्ष जयलक्ष्मी श्रेष्ठले महिला उत्थान र सशक्तीकरणमा पुचः सदैव क्रियाशिल रहेको बताउनु भयो । पुचःकी उपाध्यक्ष सुनिता कायस्थ र सचिव लक्ष्मी केशरी श्रेष्ठले महिलाहरुको हकहित, अधिकार एवं बालअधिकार र बालशिक्षा सम्बन्धी विभिन्न संघसंस्थाको सहयोगमा कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । सामाजिक जनउत्तरदायित्व अन्तर्गत रगतको अभावले कसैको ज्यान जोखिममा नहोस् भन्ने उद्देश्यले पुचःले रक्तदान कार्यक्रम आयोजना गरेको पनि पुचःकी कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । 

...

All Comments.......


Please Login/Register To Comments