मनिला प्रजापति, भक्तपुर ।
धर्मिक , साँस्कृतिक र आफ्नै मैलिक विशेषताले भरिएका छन् भक्तपुरका मठ मन्दिरहरू । झनै दशैँमा त यहाँको रौनक नै बेक्लै देखिन्छ । तर यो वर्ष भने कोरोना भाइरसको कारण रौनक  शून्य मात्रामा रहेको छ । परम्परा देखि चल्दै आएको धार्मिक कार्यक्रमहरू समेत प्रभाबित भएको छ । यहाँको प्राय जसो सबै मठ मन्दिरमा बाहिरबाट नै धुप बति बल्दै आफ्नो साँस्कृतिलाई जोगाउन थालेका छन्।
यसपालि भने भक्तजनहरूको निकै कम भिड रहेको छ । मन्दिर नजिकैको बजारहरू पनि खोलिने अवश्था छैन । मन्दिर वरिपरि व्यवसायिक करोबारहरू पनि धेरै हुने गर्दथ्यो तर यो वर्ष कोरोनाको कारण किनमेल नै रोकिएको छ । यसबाट मन्दिर वरिपरि का व्यपारिहरू समस्यामा परेका छन् ।
लकडाउनका कारण मनिसहरू घरबाहिर निस्केका थिएनन् तर अहिले चाडपर्वको कारण मनिसहरू घर बाहिर केही मात्रामा निस्किएता पनि बजार व्यवसाय र किनमेल राम्रोसँग हुन सकेको छैन ।
यसबाट पनि कतिपय मनिसहरू रोजगारबाट अलगिनु परेको छ । यसरी मन्दिरहरू नखोल्नाले सर्वसाधारणको आम्दानी खुम्चिदा खानेलाउने पर्वको रूपमा लिएको वडा दशैँ उत्साहजनक देखिएको छैन ।

...

All Comments.......


Please Login/Register To Comments