भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ राधेराधेस्थित हनुमन्ते खोलामा ईलामको ईलाम नगरपालीका वडा नं. ३ घर भई हाल काठमाडौ कोटेश्वर तीनकुने बस्ने वर्ष २६ को छत्र थापा भन्ने पुरुष मृत अवस्थामा फेला परेको छ । उक्त खोलाको बिचमा बा. ८६ प. ९७३० नं. को स्कुटी सहित उत्तानो अबस्थामा मृत छ भन्ने खबर प्राप्त हुनसाथ उक्त स्थानमा प्रहरी वृत ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोलि खटिई गई प्रारम्भिक अनुसन्धान गरिएको प्रहरीले जनाएको । लास पोष्टमार्टमको लागि के.एम.सी. दुवाकोट अस्पताल लगिएको जनाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । 

...

All Comments.......


Please Login/Register To Comments