भक्तपुर । वागीश्वरी मावि र वागीश्वरी कलेजको आयोजनामा कमलविनायकस्थित वागीश्वरी कलेजको सभाहलमा वागीश्वरी माध्यमिक विद्यालय कक्षा १२ व्यवस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थीहरुमाझ उच्च शिक्षा अध्ययनबारे अभिमुखीकरण कार्यक्रम फागुन २१ र २२ गते दुई दिन सम्पन्न भयो  । 
कार्यक्रमका संयोजक तथा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले कक्षा १२ मा अध्ययरत विद्यार्थीहरुलाई मा.वि अध्ययनपश्चात् थप उच्च शिक्षा अध्ययनको लागि यस्ता अभिमुखीकरण कार्यक्रमले मार्गनिर्देशन गर्ने बताउनुभयो ।
कार्यक्रमका स्रोतव्यक्ति तथा वागीश्वरी कलेजका शिक्षक नविन प्रजापतिले विद्यालय शिक्षा अध्ययनपश्चात् विद्यार्थीहरुलाई के–कस्तो आधारमा उच्च शिक्षाका लागि आÇनो भविष्य अनुकुल विषय छनोट गर्ने, वागीश्वरी कलेजले स्नातक तहमा बीए, बीबीएसजस्ता कार्यक्रमको पढाइ भइरहेको छ, साथै वागीश्वरी कलेजमा उद्यमशील स्वरोजगार कार्यक्रमले विद्यार्थीहरु कसरी लाभाम्वित भइरहेकोबारे चर्चा गर्दै वागीश्वरी कलेजद्वारा शैक्षिक वर्ष २०७९÷८० मा ३० लाखभन्दा बढी छात्रवृत्ति प्रदान गरेको जानकारी दिनुभयो । 
दुई दिनसम्म चलेको उक्त अभिमुखीकरण कार्यक्रममा कक्षा १२ का १ सय ५० जना भन्दाबढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

...

All Comments.......


Please Login/Register To Comments