काठमाडौं । नेपाली साहित्यमै एक फरक प्रकारको कृति हो, एक अर्काका दृष्टि, दई व्यक्तिका कृति । एउटाको कृतिमाथि अर्काेले र अर्काेको कृतिमाथि अर्काेले समिक्षा गरिएको पुस्तक एक अर्काका दृष्टि दुई व्यक्तिका कृति प्रकाशित भएको हो ।
डा इन्दुल केसीका कृतिमाथि पदम दाहालले र पदम दाहालको कृतिमाथि डा इन्दुल केसीले समिक्षा गरेका छन् । पुस्तकमा डा केसीले दाहालको बादलका तरेलीहरु कविता संग्रहमाथि र दाहालले डा केसीको भुईचालो कविता संग्रहमाथि समिक्षा गरेका छन् ।
पुस्तकको पहिलो खण्डमा डा इन्दुल केसीले पदम दाहालका कृतिहरुमाथि समिक्षात्मक विश्लेषण गरेका छन् भने दोश्रो खण्डमा पदम दाहालले डा इन्दुल केसीको कृतिमाथि समिक्षात्मक विश्लेषण गरेका छन् । लेखकद्धयले यस किसिमको साहित्यिक सिर्जनाको परम्परा यसअघि नभएको दावी गरेका छन् । पुस्तकका दुवैजनाको आआफनो परिचय पनि छापिएका छन् ।
पुस्तकमा प्राञ्जल नेपालका उपाध्यक्ष जीवनाथ अधिकारी, पशुपतिमान पःमाँ, शव्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले फरक धारको पुस्तक भन्दै प्रशंशा गरेका छन् ।
पुस्तक ४८ पृष्ठको रहेको छ । पुस्तकको प्रकाशक शव्दयात्रा प्रकाशन अक्षरधाम, नीलकण्ठेश्वर बनेपा ६ काभ्रे रहेको छ । पुस्तकको मूल्य एक सय रुपैयाँं तोकिएको छ ।

...

All Comments.......


Please Login/Register To Comments