भक्तपुर । इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिको छैटौ वार्षिकोत्सव भक्तपुरको चाँंगुनारायण नगरपालिका, वडा नं ९, तालथी, हनुमानचास्थित कारखानामा बिहीबार एक कार्यक्रमवीच सम्पन्न भएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को जोखिमलाई मध्यनजर गरी सिमित घेरामा वार्षिकोत्सव सम्पन्न गरिएको हो ।
२०७२ सालको भूकम्पको समयमा आफनो उत्पादन सुरु गरेको कम्पनीले स्थापना कालदेखि आजसम्म आइपुग्दा विभिन्न सरकारी, गैर सरकारी कार्यालय, निजी आवास, अस्पताल, बहुउद्देश्यीय भबन, अपार्टमेन्ट आदि निर्माण सम्पन्न गरिसकेका छन् । त्यति मात्रै नभई विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ विरुद्ध लड्न आइसोलेशन सेन्टर, कोभिड क्लिनिक, प्रयोगशाला (लाब्रोटरी) आदि निर्माण सम्पन्न गरिसकेका छन् ।


कम्पनीका अध्यक्ष विश्वराम कवांको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष कवांले विश्वभरि नै महामारीको रुपमा फैलिएको कोरोनाका बेला सर्वसुलभ सेवा दिन कर्मचारीहरुलाई निर्देशन दिए । आफनो कम्पनीको सामानको प्रयोगबाट प्रदेश ७ को धनगढी, डडेलढुरा, महेन्द्रनगरलगायतका ठाउँंहरुमा कोरोना अस्पताल बनेको जनाउँदै उनले प्रदेश २, प्रदेश ५ र प्रदेश ३ हरुमा पनि कोभिडका लागि आवश्यक भबनहरुको निर्माण भइरहेको जनाए । उनले कोरोनाका कारण लागेको मूल्यमै आफनो सामानहरु उपलव्ध गराउँदै आएको पनि बताए । कार्यक्रममा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत इन्जिनियर सुरेश कवांले कोरोनाका बेला कोरोनासँंग लड्ने शक्ति प्रदान गरुन भनी सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरे ।

...

All Comments.......


Please Login/Register To Comments