भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरमा अन्तरनगर महिला कबड्डी प्रतियोगिता हुने भएको छ । फागुन २९, ३० र चैत्र १,२,३ गते सम्म शहिद दिवसको अवसरमा अन्तर नगर महिला कब्बडी प्रतियोगिता गर्न लागेको हो ।
आइतबार पत्रकार सम्मेलन गरी नगर प्रमुख सुनिल प्रजापतिले घोषणा लगत्तै उहाँकै संयोजकत्वमा १५१ सदस्यीय मूल समिति र ११ वटा उपसमितिहरू गठन गरिसकेको जनाइयो । हरेक वर्षको प्रतियोगिताले हौसला र उत्साह प्रदान गरिरहेकोमा कार्यक्रममा धन्यवाद दिइयो । 
अन्तर नगर महिला कब्बवडी प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) बाट हुनेछ । 
अखिल नेपाल कबड्डी संघबाट मान्यताप्राप्त कबड्डी प्रतियोगितामा देशका विभिन्न १७ वटा नगरपालिकाहरूबाट भाग लिन नाम दर्ता गराइसकेको जनाइयो । अन्तर नगर महिला कबडडी प्रतियोगिता नेपालकै पहिलो प्रतियोगिताको रुपमा भक्तपुर नपाले आयोजना गर्ने जनाइयो । प्रतियोगितामा प्रथम हुने टिमलाई रु. १ लाख ५० हजार, दोस्रोलाई रु. १ लाख, तेस्रो र चौथोलाई रु. ५०÷५० हजार प्रतिसमूह नगद पुरस्कारको व्यवस्था गरेको छ । साथै सहभागी खेलाडी र अफिसियलहरुलाई खाने र बस्ने व्यवस्था पनि गर्दैछ ।  ्
फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म हुने कबड्डी प्रतियोगिता उद्घाटन ¥याली भक्तपुर न.पा. वडा नं. ९ दत्तात्रय प्राङ्गणबाट बिहान १० बजे शुरु भई तचपाल, इनाचो, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दुधपाटी हुँदै नगरको मुख्य बजार परिक्रमा गरी शहिद स्मृति खेलमैदानमा पुगी उद्घाटन कार्यक्रम हुनेछ । 
पत्रकार सम्मेलनमा नगर प्रमुख प्रजापतिले निर्वाचनमा जनताबीच गरेको प्रतिबद्धताअनुसार भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आइरहेको जनाए । पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथलेटिक्स, चौथो वर्ष बुद्धिचाल र गत वर्ष खो खो खेलको प्रतियोगिता सफलताका साथ सम्पन्न गरेका स्मरण उहाँंले गर्नुभयो । 
पत्रकार भेटघाट कार्यक्रममा युवा तथा खेलकुद समितिका संयोजक एवम् भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले प्रेस विज्ञप्ति पढेर सुनाउनुभएको थियो ।
...

All Comments.......


Please Login/Register To Comments