भक्तपुर । नेपाल इको प्यानलको सहयोगमा तेश्रो भक्तपुर कप फुटबल प्रतियोगिता २०८० मा विजयी हुन सफल टिम तथा खेलाडीहरुलाई आइतबार एक समारोहवीच नगद पुरस्कार प्रदान गरिएको छ । नेपाल इको प्यानलले सल्लाघारीस्थित कर्पाेरेट अफिसमा बोलाई खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरेको हो । कम्पनीका व्यवस्थापक विक्रम गोसाईले टिम तथा खेलाडीहरु नगद रु ५ पाँंच हजार प्रदान गरेको हो । प्रतियोगितामा विजयी टिम तथा खेलाडीहरुलाई कम्पनीले पुनः जेठ महिनापछि सम्मान गर्ने योजना रहेको बताइयो । 
शनिबार महेश्वरी खेल मैदान भक्तपुरमा भएको फाइनल खेलमा सामाजिक युथ क्लव कोटेश्वर काठमाडौंलाई पराजित गरी पाण्डुबजार एफसी भक्तपुर विजयी हुन सफल भएको थियो । पाण्डुबजारले ३—२ गोलले जित हासिल गरेका थियो ।
पाण्डुबजार फुटबल क्लवलाई नेपाल इको प्यानलले आर्थिक, भौतिकलगायतको सहयोग विजयी टिमलाई गरेको थियो । प्रतियोगितामा खेलाडीहरु नेपाल इको प्यानलको जर्सीमा प्रतियोगितामा मैदानमा उत्रेका थिए । विजयी पाण्डुबजार टिमले नगद रु एक लाख २५ हजारससहित टफी प्राप्त गरेको थियो । 

...

All Comments.......


Please Login/Register To Comments