काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले अर्थमन्त्री वर्षमान पुन र पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका परिवार सुन तस्करीमा संलग्न भएका समाचारप्रति प्रधानमन्त्रीलाई थाहा छ कि छैन भनेर प्रश्न गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमथिको छलफलमा भाग लिँदै उनले यस्तो प्रश्न गरेका हुन् । 
‘प्रधानमन्त्री व्यक्तिको इच्छाभन्दा पार्टीको दृष्टिकोण हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा सत्ता गठबन्धन दलहरुको नीति तथा कार्यक्रम र दृष्टिकोणमा तात्त्विक भिन्नता छैन यसकारण प्रधानमन्त्री दाहाललाई पार्टीले विश्वासको मत नदिने जानकारी गराउँछु’, सुवालको भनाइ छ । यसअघि बुधबार नै बसेको पार्टी सचिवालयको बैठकले विश्वासको मतमा विपक्षीमा मतदान गर्ने निर्णय गरेको थियो । 

...

All Comments.......


Please Login/Register To Comments