भक्तपुर । भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नं ५ घलाते चोकमा भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । जगातीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६५ प ८८२९ नं को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको बीचमा रहेको ट्राफिक आईल्याण्डमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक  रौतहट बिजयपुर नगरपालिका ८ लक्ष्मिनिया बस्ने बर्ष ३० को शंकरप्रसाद कलवारको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरल जनाएको छ । गम्भीर घाइते कलवारलाई उपचारको लागि नजिकैको डा.ईवामुरा अस्पताल सल्लाघारी लगेकोमा प्राथमिक उपचारपश्चात थप उपचारको लागि अन्नपुर्ण न्युरो अस्पताल काठमाडौ रिफर गरिएकोमा शुक्रबार उपचारको क्रममा सम्बन्धित चिकित्सकले मृत घोषित गरिएको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए । घटनाबारे थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।

...

All Comments.......


Please Login/Register To Comments