चैत १, भक्तपुर । भक्तपुर नपाको आयोजनामा फागुन २९ गतेबाट सुरु भएको महिला कबड्डी प्रतियोगिता अन्तर्गत बिहीवार विराटनगर महानगरपालिका र महाकाली नगरपालिकाबीच भएको खेलमा महाकालीले विराटनगरलाई ४८–१७ ले पराजित गरेको छ भने महाकाली नपाका रक्षा धामी म्यान अफ द म्याच घोषित भएका छन् ।
त्यस्तै सोही दिन भएको सिद्धिचरण नपा र कलैया उपमहानगरपालिकाबीचको खेलमा कलैयाले सिद्धिचरणलाई ६२–१८ ले पराजित गरेको छ । उक्त खेलमा कलैयाका जलशा चौधरी म्यान अफ द म्याच घोषित भएका छन् ।
किर्तिपुर नपा र पनौती नपाबीच भएको प्रतिस्पर्धामा पनौतीले किर्तिपुरलाई २६–२४ ले पराजित गरेको छ । पनौतीका रश्मि थापा म्यान अफ द म्याच घोषित भएका छन् ।
त्यस्तै कलैया उपमहानगरपालिका र पोखरा महानगरपालिकाबीच भएको खेलमा पोखराले कलैयालाई ५३–२० ले पराजित गरेको छ ।  यस खेलमा पोखरा महानगरपालिकाका आशिका नेपाली म्यान अफ द म्याच घोषित भएका छन् ।
भिमदत्त नपा र पनौती नपाबीच भएको खेलमा भिमदत्तले पनौतिलाई ७३–१९ अंकको फराकिलो अन्तरले पराजित गरेको छ । 
यो संगै अन्तर नगर महिला कबड्डी खेलका लिग चरणका खेलहरु सम्पन्न भएको छ । क्वाटर फाइनल चैत्र २ गते बिहान ८ बजेदेखि सुरु हुनेछ । खेलको पहिलो खेल भक्तपुर नपा र पोखरा महानगरपालिकाबीच हुने जनाइएको छ ।

...

All Comments.......


Please Login/Register To Comments