- Post Date: 2024-03-17 08:01:17
विना राई
काठमाडौ । हिजोआज अनलाइन सपिङ्ग मानिसहरूबिच निकै लोकप्रिय हुन थालेको छ । आजभोलि मानिसहरू पसलमा यात्रा गर्नुको सट्टा घरमा बसीबसी अनलाइन सपिङ गर्छन् ।
अलाईनको सहयोगले गर्दा विशेष गरी काम गएर सामान किनमेल गर्न जान नभ्याएकाहरुलाई प्रविधिले झन् सहज पारिदिएको छ । झन् कोभिड १९ आएदेखि मानिसहरूले यस प्रविधिलाई झन् व्यापक रुपमा प्रयोग गरिएको पाइएको छ ।
करिब दुई वर्षदेखि कमलविनायकमा बस्दै आएको बताउने २५ वर्षीय सुस्मा तामाङ्ग भन्छन्, म केही वर्षअघि एक अनलाइन सपिङ्ग प्रयोग गर्ने साथी भेटेकी थिए र मैले पहिलो पटक उनीबाटै अनलाइन सपिङ्गकोबारेमा थाहा पाए । त्यस दिनबाट अहिलेसम्म पनि आफू बजार जानुको सट्टा अनलाइनबाटै सबै सामान किन्ने गरेको जानकारी उनले दिइन् ।
“के अनलाइन सपिङ गर्नु ठिक हो ?” भनी प्रश्नमा सबैको बिचार फरकफरक रहेको देखियो । धेरैको बिचारमा राम्रो र सहज भएको जवाफ पाइएको छ । यसै सन्दर्भलाई लिएर काठमाडौ लगन टोलका पुनम कार्कीसँगको कुराकानीमा राम्रो यो कारणले छ कि हामीले आफूलाई चाहिएको सबै सामान केही समयमा नै घर घरमा डिलिभर हुने भएको बताउँछिन् । यसले आफ्नो समय बचेको र त्यो समयमा अरु काम गर्न पाउने र यसकारण समय बच्ने अनि धैरे मिहिनेत पनि गर्न नपर्ने उनले बताइन् । सामान किन्दा राम्रो छुट र कम मूल्यमा सजिलै पाउन सकिने, यदि त्यही सामान बजारमा गएर किन्नुपर्दा झन्झट हुने भनेर जवाफ उनले दिइन् ।
मानिहरु पहिलेको तुलनामा अहिले यसको प्रयोजन धेरै गर्न थालेका छन् । मानिसहरूले कोभिड १९ पछि धेरैले अनलाइन सपिङमा सामान किनमेल गरेको तथ्य पाइन्छ । सबैजना समयानुसार चल्नु आवश्यक रहेको र नयाँ वैज्ञानिक सेवासुविधाको समयमा प्रविधिलाई सदुपयोग गरी अगाडि बढ्न सकेमा यसले जिवन सरल र समयको बचत हुने एकथरी मानिस बताउँछन् ।
अनलाइन किनमेलको फाइदाहरु पनि छन् । सजिलैसँग विभिन्न खुद्रा विक्रेताहरू बिच मूल्यहरू तुलना गर्न सकिन्छ । यो विशेषगरी उपयोगी हुन्छ, जब हामी एक विशेष वस्तु खोज्दै हुन्छौ वा उत्तम सम्झौता फेला पार्न प्रयास गर्दै हुन्छ । थप रूपमा, अनलाइन किनमेलले हामीलाई चाहिने सबै उत्पादनहरु सजिलो पाउन सक्छौ ।
अनलाइनबाट सामान बेचबिखन गर्ने मान्छेहरुलाई पनि सहज भएको पाइएको छ । उनीहरुका अनुसार पहिले दिनमा चार, पाँच वटाको पनि बिक्री मुस्किलले हुन्थ्यो भने अहिले दिनमा करिब दस वटासम्मको डोलिवरी त अनलाइनबाटै हुन्छ ।
अनलाइन सपिङ भनेको इन्टरनेट मार्फत घर मै बसिबसी आफुलाई चाहिएको सामान खरिद बिक्री गर्ने गतिविधि वा कार्य हो । यसको अर्थ अनलाइन जानु, बिक्रेताको वेबसाइटमा अवतरण गर्नु, आफुलाइ चहिएको सामान हेर्नु, छान्नु आनि अनलाइन अर्डर गर्नु हो । शब्दले चीजहरू अनलाइन किन्नु मात्र समावेश नभई आफूलाई मनपरेका सामानहरुको खोजी गरी त्यसलाई ग्राहकसम्म पुयाउनु पनि हो । आज, हामी लगभग सबै सामान अनलाइनबाट किन्न सक्छौं ।
-
Shares
All Comments...
Please Login/Register to comment.