अमेरिकामा नेवा: भ्वयसंगै बिस्का: जात्रा मनाइने
- Post Date 2024-03-18 04:51:25
मध्यपुर थिमीको पहिचान अनि प्रमुख चाडको रुपमा रहेको बिस्का: जात्रा अमेरिकाको वाशिंगटन राज्यको सियाटल शहरमा अप्रिल १३ अर्थात् नव बर्ष २०८१ बैसाख १ गते बृहत रुपमा नेवा: झो भ्वयको आयोजना गर्दै मनाइने भएको छ / नेपाल बाहेक विदेशमा थिमी बासीहरुको प्रमुख वाहुल्यत़ा रहेको अमेरिकाको सियाटल शहरलाई स्थानिय थिमी बासीहरु मिनी थिमी भन्न रुचाउछ / बिगत १५ बर्ष देखी थिमीबासीहरु मिलेर मनाउदै आएको बिस्का जात्रा यसपाली देखि सबै नेपालीहरु संगै नव बर्ष २०८१ तथा बिस्का: जात्राको उपलक्ष्यमा सास्कृतिक कार्यक्रमसंगै द्यो ख: जात्रा गर्दै नेवा: झो भ्वयको बृहत रुपमा आयोजना गरिन लागेको कार्यक्रमका संयोजक श्री सुरज रंजितकारले जानकारी दिनु भयो / थिमी बासी मात्र सहभागी भई जात्रा संगै नेवा: भ्वय खादै मनाउदै आएको जात्रा यसपाली २०० /३०० जना अतिथिहरु संगै रमाउदै भ्वय खादै मनाउने प्रयास गरेको अनि कार्यक्रममा सबैबाट सहयोग उपलब्ध हुनेछ नेवा: भ्वय संयोजक दिनेश श्रेष्ठले धेरै उत्सुक हुदै सुनाउनु भयो / आर्थिक रुपमा सफल पार्न हामीले सके सम्म सबै थिमी बासीलाई एकै ठाउमा सामेल गर्दै सबै संग सहयोग लिएका छौ / जुन जात्रालाई सफल बनाउन अमेरिकाको ओरेगन राज्य तथा क्यानाडाको भ्यानकुभर राज्यबाट पनि हाम्रो थिमी बासीको सहभागिता रहनेछ / तेस्तै अरु संघ संस्थाहरु संग पनि सहयोगको आह्वान गरेका छौ / यो बिस्का जात्रा कार्येक्रमको लागि चाहिने सबै सहयोग उपलब्ध हुने छ आर्थिक संयोजक श्री अमिर प्रजापतिले भन्नु भयो / विदेशमा रहेर पनि आफ्नो कला सस्कृति तथा चाड पर्ब लाई आत्मसात गरि सबै मध्यपुर थिमी बासीलाई एकै ठाउमा समेटि , संसार सामु हाम्रो कला संस्कृतिको सम्रक्षन तथा सम्बर्धन गर्न हार्मो प्रयास रहेको छ / आफ्नो परम्परा , संस्कृतिको जगेर्ना गर्दै अर्को पुस्तालाई हस्तान्तर अनि उनीहरुलाई यसको महत्व बुझाउन यो बिस्का: जात्रा कार्येक्रमले प्रमुख भूमिका खेल्नेमा हामी आयोजक कमिटि बिस्वस्त छौ, अनि नायो खिं , धिमे , अबिर , थ्वों , चिलाख , द्यो ख : , अनि नेवा: भ्वय , हामी थिमी बासीले बिस्का: जात्रामा सम्झिने यी बिशेष कुराहरु हो जुन हामी बिदेसमा श्री बालकुमारी माईको कृपाले यसरी सबै भेटघाट गर्दै मनाउन पाएकोमा खुशी छौ साथै मध्यपुर थिमी को पर्यटन प्रबर्धन मा हामीले सानो सहयोग गर्न सके पनि हामी धन्य हुने छौ / यस्को लागी हामी सबै एक बद्ध छौं / संयोजक रंजितकारले भन्नु भयो / कार्यक्रममा अरु नेपाली सामाजिक संघ - संस्थाहरु , बिशेष व्यक्तिहरु को पनि सहभागिता रहने छ / उहाहरुको कार्यक्रमको सफलताको कामना
All Comments.......
Please Login/Register To Comments