विना राई
काठमाडौं । हिजोआज अनलाइन सपिङ्ग मानिसहरूबिच निकै लोकप्रिय हुन थालेको छ । अनलाइन सपिङ भनेको इन्टरनेट मार्फत घर मै बसिबसी आफुलाई चाहिएको सामान  खरिद बिक्री गर्ने गतिविधि वा कार्य हो । यसको अर्थ अनलाइन जानु, बिक्रेताको वेबसाइटमा अवतरण गर्नु, आफुलाइ चहिएको सामान हेर्नु, छान्नु आनि अनलाइन अर्डर गर्नु हो । शब्दले चीजहरू अनलाइन किन्नु मात्र समावेश नभई आफूलाई मनपरेका सामानहरुको खोजी गरी त्यसलाई ग्राहकसम्म पुयाउनु पनि हो । आज, हामी लगभग सबै सामान अनलाइनबाट किन्न सक्छौं । 
आजभोलि मानिसहरू पसलमा यात्रा गर्नुको सट्टा घरमा बसि–बसि अन्लाईन सपिङ गर्न सक्छन्। अन्लाईनको सहयोगले गर्दा  झन काम गएर सामानकिनमेल गर्न जान नभ्याएकाहरुलाई यस अनलाईन प्रविधिले झन् सहज पारिदिएको अध्ययनले देखाएको पाइन्छ ।झन्  कोभिड १९ आएदेखि  मानिसहरूले यस प्रविधिलाई झन् व्यापक रुपमा प्रयोग गरिएको पाइएको छ। त्यस अगाडि मानिसहरु अन्लाईन शूपोङ बारे तेति खाशै ध्यान दिएको पाइन्दैन्। कोभिड १९ आएदेखि मानीसहरु घरबाट बाहिर नजान पाएछि घरबाटै आफुलाई चाहिएको सामान किनबेच गर्ने चलखेल बडेको पाइन्छ । 
त्यसैको सन्दर्भमा हामीले अन्लाइन् सपिङ्ग गर्ने केही मानिसहरूसँग केही कुराकानि गरेका थियौँ। करिब दुई वर्ष देखि कमलविनायकमा बस्दै आउनु भएको २५ वर्षिय सुस्मा तामाङ्ग भन्नुहुन्छ   म केही वर्ष अघि एक अन्लाईन सपिङ्ग प्रयोग गर्नि साथि भेटेकि थिए र मैले पहिलो पटक उनी बाटै अन्लाईन सपिङ्गको बारेमा थाहा पाएकी थिए। त्यसदिनबाट अहिले सम्म पनि मैले बजार जानुको सट्टा अनलाइन बाटै सबै सामान किन्ने गरेको जानकारी  दिनुभयो । यसैगरी हामीले अनलाइन बाट सामान बेचबिखन गर्ने मान्छेहरुलाई पनि सोध्दा, उहाँ बताउनु हुन्छ पहिले दिनमा चार, पाँच वटाको पनि बिक्री मुस्किलले हुन्थ्यो भने अहिले दिनमा करिब दस वटा सम्मको डोलिवरि हुने  जानकारी  दिनुभयो।
यसो सन्दर्भमा हामीले अन्य मानिसहरुसँग फेरि प्रश्न गरेका थियौँ “के अनलाइन सपिङ गर्नु ठिक हो ?” भनी  प्रशन गर्दा सबैको बिचार फरक फरक रहेको देखिन्छ। धेरैको बिचारमा राम्रो र सहज भएको जवाफ पाइएको छ । यसै सन्दर्भलाई लिएर  कामपा लगन टोलका पुनम कार्कीसँगको कुराकानीमा उहाँ भन्नु हुन्छ राम्रो यो कारणले छ कि हामीले आफूलाई चाहिएको सबै सामान  केही समयमा नै घर घरमा डिलिभर हुने भएकोले आफ्नो समय बचेको र त्यो समयमा अरु काम गर्न पाउने र यसकारण समय बच्ने अनि धैरे मिहिनेत पनि  गर्न नपर्ने बताउनुभयो। सामान किन्दा राम्रो छुट र कम मुल्यमा सजिलै पाउन सकिने , यदि त्यहि सामान बजारमा गएर किन्नु पर्दा झनझट हुने भनेर जवाफ दिनुभयो।
यसको मत्लब हामीले बुझ्न सक्छौ मानिहरु पहिलेको तुलनामा अहिले यसको प्रयोजन धेरै गर्न थालेका छन्। मानिसहरूले  कोभिड १९ पछि धेरैले अनलाईन सपिङमा सामान किनमेल गरेको तथ्य पाइन्छ। सबैजना समयानुसार चल्नु आवश्यक रहेको र नयाँ वैज्ञानिक सेवासुविधाको समयमा प्रविधिलाई सदुपयोग गरी अगाडि बढ्न सकेमा यसले जिवन सरल र समयको बचत हुन्छ । 
अनलाइन किनमेलको फाइदा यो रहेछकि हामीले  सजिलैसँग विभिन्न खुद्रा विक्रेताहरू बीच मूल्यहरू तुलना गर्न सकिन्छ। यो विशेष गरी उपयोगी हुन्छ जब हामी  एक विशेष वस्तु खोज्दै हुन्छै वा उत्तम सम्झौता फेला पार्न प्रयास गर्दै हुन्छै। थप रूपमा, अनलाइन किनमेलले हामीलाई चाहिने सबै उत्पादनहरु सजिलो पाउन सक्छौ ।

...

All Comments.......


Please Login/Register To Comments