प्रमिला कार्की 
जीवनमा वास्तविक आनन्द पाउनको लागि आर्थिक अवस्था वा शारीरिक अवस्था मात्रै होइन, मानसिक रुपमा पनि स्वस्थ हुनुपर्ने रहेछ । सानै उमेरमा भोगेको यो रोग अहिले मेरो जीवनको सबैभन्दा ठूलो दुश्मन बन्न पुगेको छ ।
तनाव कहाँबाट उत्पन्न हुन्छ अर्थात हामीलाई तनाव कसरी हुन्छ ? यो कुरा बुझ्न जरूरी छ । डर, असन्तुष्टि र इर्षाबाट तनाव उत्पन्न हुन्छ । तनावको प्रमुख कारण भय हो । आफ्नै शारीर स्वास्थ भएन भने पनि तनाव उत्पन्न हुन्छ । पेट दुख्ने होस् अथवा टाउको  दुख्ने रोग, झट हेर्दा यस्ता समस्या सामान्य लागे पनि यसले गर्दा हामीलाई तनाव उत्पन्न हुन्छ । पेनकिलर खाएर पनि दुखेको कम भएन भने नकारात्मक सोच आउँछ कि लौ न मलाई भित्रभित्रै केही भैसक्यो कि ? यसले तनाव हुन्छ ।
येसैगरी मानसिक तनाबमा पुयाउने मुख्य कारण भनेको यनजाइटी हो । एनजाइटी भनेको डर लाग्ने, ढुकढुक हुने, मन आतिने आदि हुन् । यो एनजाइटीको लक्षण हो । बिरामीहरुका विभिन्न प्रकारमध्ये प्यनिक डिसअडर भन्ने समस्या हुन्छ । त्यो समस्यामा बिरामीलाई मनमा एकदमै डर लाग्ने र हृदयघात होला जस्तो हुने गर्दछ । यस्तो समस्या अहिले किशोर अवस्थादेखि ४०–५० वर्ष सम्महरुमा पनि देखिने गरेको छ । यसको शिकार म पनि हो । यसै क्रममा मैले आफ्नो मानसिक अवस्था कमजोर रहिरहेको हुँदा आफू नजिक रहेका मेरा साथी, दाजुभाइहरुमा पनि यस समस्याको शिकार भइसकेको थाहा पाए । विस्तारै थाहा हुँदै गयो । यो ममा मात्र भएको रोग होइन, यो रोग अन्य धेरै जना व्यक्तिहरुमा पनि देखा परिसकेको रहेछ । तनावग्रस्त अवस्थाले गर्दा आफुमा भएको जोसजागर, फुर्ति, निणय लिन नसक्ने र गर्न खोजेको काममा पनि बाधा पुयाउने रहेछ । तर मानसिक तनाव भयो भन्दैमा डराउने आतिन्ने आफुलाइ केही होला कि भनेर सोच्ने भन्दा पनि आफ्नो आत्मबल बढाउने हो भने यसको व्यवस्थापन सजिलै गर्न सकिन्छ । मैले मेरो नै कुरा गर्ने हो भने तनावबाट मुक्त हुनका लागि दैनिक व्यायाम, योगा र ध्यानमा बस्ने जस्तो कुराले एनजाइटीसगं लडनको निमित्त एकदमै मद्दत पुगेको थियो । तनाव व्यवस्थापन गर्नको लागि हामीले हाम्रो दैनिक जीवनलाई बदल्न अति आवश्यक छ । र यसको लागी हामीले योग, ध्यान र निश्चलताको अभ्यासमा निरन्तरता दिने, शारीरिक स्वास्थमा ध्यान दिने, सकारात्मक सोच, खोज र रोच अनि मनोरञ्जनमा सङ्लग्न हुनुमा नै उपयुक्त देखिन्छ ।
...

All Comments.......


Please Login/Register To Comments