भक्तपुर । भक्तपुरको नवमीमा बेलुका दौडाउने खम्य आज विहानै दौडाएको छ । नवदुर्गा मन्दिरमा राखिएको खम्य दौडाएको हो । खम्यलाई नवदुर्गा मन्दिरबाट सुर्यमढी च्याम्हसिंह हुदै बम्हयणी पिठ सम्म पुर्याएको  हो  ।
भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वले कोरोनाको माहामारीलाई ध्यानमा राखेर विहानै खम्य दौडाएको –जात्रा) गरेको बताए । उनले दिनभरी लगाएर गर्ने सबै पाठपुजाका काम राती गरेर विहान जात्रा गरेको ज्याख्व सुनाउँछन् । जसमा देवगन, आचाबजु, खम्य, सबै विधिबद्यान पुरा गरेर खम्य जात्रा सम्पन्न गरेको उनले बताए । साथै यसपालि खम्यलाई कुनै पनि मदिरा नख्वाइकन विस्तारै शान्तपूर्वक लगिएको थियो ।
जसमा जनप्रतिनिधी, स्वयम सेवक, स्वास्थ्यकर्मी र स्थानीयले साथ दिएको उनी सुनाउँछन् । अरुबेलामा भए साँझ हुने र खम्यलाई पनि मदिरा टन्न खुवाएर दौडाइन्थ्यो । त्यतिबेला स्थानियहरुको पनि भिडभाड र खम्यलाई दुख दिने काम हुन्थ्या्े उनले भने । तर यसपालि कोरोनाको कारणले गर्दा रोग दिनदिने संक्रमितको संख्या बढ्दै गएकोले विहन गरेको उनी सुनाउँछन् । साथै खम्यमा सहभागी भएका सबैलाई फेस सिल, मास्क, ग्लभस लगाउने दिएको उनी बताउँछन् । साथै अरुबेलामा बेलुकी खम्ये लग्ने बेलामा अरुले हेर्न नपाउने खम्यको बली दिइसकेको हुन्थ्यो तर यसपाली विहान भएको कारणले दिनभरी आन्नदले खम्य हेर्न पाउने उनको भनाई छ ।
साथै खम्य राखेरको स्थानमा पनि सुरक्षितका साथ बार राखेर व्यवस्थित तरिकाले मिलाइएको छ ।
भक्तपुरका सस्कृतिविद् ओम धौभडेलले इतिहासमा यो पहिलो पटक खम्यलाई विहान दौडाएको बताए । परिस्थितिलाई मध्ये नगर गरेर सस्कृतिलाई पनि जोगिने गरि गरिएको यो काम एकदम सहरणीय भएको बताए । खम्यलाई बली दिइसकेपछि नवदुगा भवानीहरुका उत्पत्ति हुने गर्दछ । नवदुर्गा भवानीहको उत्पत्ति भएपछि सबै संकट, दुख हट्ने भन्ने जनमानसमा विश्वास रहेको छ । भक्तपुर नगरपालिकाले यो कोरोनाको माहामारीमा पनि कसरी सस्कृतिलाई निरन्तर दिने काम भइरहको छ ।
उनी भन्छन्, यो बेला भीड धेरैहुने भएकोले यस्लाई नियन्त्रण गर्नको लागि गरिएको हो ।
चहिआएको परम्परा भने नवमीको बेलुकी ५–६ बजे दौडाइथ्यो । यसपाली भने विहान ५ देखि ६ बजे भित्र जात्रा सकाएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments