पम्फाकुमारी नेवार 
उनी अर्थात् लीला श्रेष्ठ २०६७ मा शारदा क्याम्पस भत्केकोपाटीस्थित कक्षा १२ मा अध्ययन गर्दैगर्दा समय समाज साप्ताहिक पत्रिकाबाट पत्रकारिता पेशामा आबद्ध भएकी थिइन् । पढाइको साथसाथै उनले पत्रकार बन्ने इच्छालाई पनि सँगै अगाडि लगी आफ्नो बाटो समाएकी थिइन् । उनले ३ वर्ष समय समाजमा काम गरेपछि पुनः पत्रकारिता पेसालाई अब्बल बनाउनको लागि आर. आर क्याम्पसमा पत्रकारिता विषयको अध्ययनकै क्रममा क्याम्पसबाटै इन्टर्नशिपको लागि २०७० मंसिरमा कान्तिपुर दैनिकमा प्रवेश गरिन् । उनको राम्रो काम र मेहेनतको सफलताको बापत उनी २०७१ वैशाखबाट भक्तपुर जिल्ला संवाददातामा नियुक्त भएकी थिइन् कान्तिपुरमा । उनी हालसम्म यसै पत्रकारिता क्षेत्रमा कार्यरत छन् । उनले यो एक दशकको समयअवधिमा धेरै आरोह अवरोहहरु पार गर्दै आएकी छिन् । भूकम्प, नाकाबन्दी, कोभिड १९, स्थानीय तथा संघको निर्वाचनहरुलाई नजिकैबाट नियाल्ने मौका पाएको कुरा लीला बताउँछिन् । 
समाचार लेख्दा धम्की 
उनी दिनरात नभनिकन आफ्नो कार्यप्रति सधैँ तत्पर हुन्थिन् । सधैंको जसो समाचार लेख्नको लागि हनुमन्ते खोलाको रिपोर्टिङ गर्न जाँदा उनलाई मानिसहरूबाट धम्की पनि आएको लीला सम्झिन्छिन् ।  आफ्नो ज्यान जोखिममा राखेर पनि उनले सधैँ इमान्दारिताको साथ काम गरिन् । हनुमन्ते खोला फर्काएको केशमा रिपोर्टिङ गर्न जाँदा होस् वा अवैध बालुवा खानी संचालनको विषयमा रिपोर्टिङ गर्न जाँदा धेरैपल्ट सेकेन्डसेकेन्डको पलपलमा आफ्नो ज्यान जोगाउन सफल भएको कुरा बताउछिन् लीला । यस्ता कयौ बाधा समस्यालाई पार गर्दै जाँदा नै थप नयाँ कुरा सिक्न पाउने र आफूलाई अगाडि बढाउने एउटा विषय भएको उनी सुनाउँंछिन् । यो नै पत्रकारको जीवनमा निकै महत्व रहेको लीला बताउछिन् । 
नयाँ थप जिम्मेवारी
कोभिड १९ पछि मरो जिम्मेवारी पनि बढ्यो । उप–सम्पादकमा बढुवा भएसँगै उपत्यकाको ३ वटै जिल्ला अन्तर्गत सामाजिक र अपराध तथा सुरक्षा बीटमा काम गर्ने मौका मिलेको थियो, लीला भन्छिन् । जिम्मेवारी बढेसँगै उनीमा झन् काम गर्ने हौसला बढेको कुरा लीला बताउँछिन् । यहाँसम्म आइपुग्दा उनले गरेको संघर्षको कुनै मूल्य नै छैन, किनकि त्यो संघर्ष अमूल्य रहेको छ । हाल कान्तिपुर दैनिकको उनको यात्रा उत्तरार्धमा छ । अब पत्रकारितामा फ्रिलान्यसको रूपमा काम गर्ने योजना रहेको कुरा लीला सुनाउँंछिन् ।
...

All Comments.......


Please Login/Register To Comments