मधेशी आयोगले आज काठमाडौँमा एक विशेष कार्यक्रम आयोजना गरी होली उत्सव कार्यक्रम मनाएको छ | विभिन्न संवैधानिक निकायका पदाधिकारी, नागरिक समाजका अगुवाहरु को उपस्थितिमा भएको सो कार्यक्रम मा तराई-मधेशमा होलीमा गाइने सांस्कृतिक गीत तथा नृत्यको प्रस्तुति गरिएको थियो |

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगले हरेक वर्षझैँ यस वर्ष पनि तराई-मधेश सहित सिंगो नेपालकै महत्वपूर्ण पर्व मानिने होलीलाई आयोगले प्राथमिकतामा राखी सांस्कृतिक रुपमा कार्यक्रम आयोजना गरि हर्षोल्लासका साथ मनाइएको बताएका छन् | 

अध्यक्ष डा.दत्तले काठमाडौँमा तराई-मधेशको संस्कृति झल्किने गरि सो कार्यक्रम हरेक वर्ष झैँ यस वर्ष पनि आयोजना गरिएको जानकारी दिएका छन | अध्यक्ष डा.दत्तले मधेशी आयोगको अधिकारहरु मध्य मधेशको संस्कृति र चाडपर्वको संरक्षण, सम्बर्धन तथा सशक्तीकरण एक महत्वपूर्ण दायित्व रहेको सो दायित्वलाई निर्वाह गर्न आयोगले यस्ता कार्यक्रमहरुको आयोजना विगतको दिनमा समेत गरिरहेको र आगामी दिनमा समेत गरिने जानकारी दिएका छन् |

सो कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देव विश्वकर्मा, समावेशी आयोगका अध्यक्ष तथा सदस्य, भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर मधेशी आयोगका सदस्यहरु. लोकसेवा आयोगका पुर्व सदस्य अशोक झा, आयोगका पुर्व सचिवहरु सहित करिब ३ दर्जन भन्दा बढीको उपस्थिति रहेको थियो |


...

All Comments.......


Please Login/Register To Comments