भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. चोर्चा भक्तपुरको आयोजनामा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाको सभापतित्वमा तथा वरिष्ठ राजनीतिज्ञ एवं नेमकिपाका केन्द्रिय अध्यक्ष नारायण मान बिजुक्छेंको प्रमुख आतिथ्यतामा ज्येष्ठ सदस्य सम्मान कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा अध्यक्ष विजुक्छेंले संस्थामा आवद्ध ७७ जना ज्येष्ठ सदस्यहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।
 कार्यक्रमका प्रमुख अतिथि नारायणमान विजुक्छेंले ज्येष्ठ सदस्यहरुको उचित स्याहारसुसारका लागि आदर निकेतनको आवश्यकताबारे चर्चा गर्नुह“दै अहिले परिवारका सदस्यहरु सवैजना व्यस्त रहने भएकाले परिवारका ज्येष्ठ सदस्यहरुलाई उचित स्याहारसुहार गर्ने समस्या भएको उहा“ले बताउनुभयो । त्यसकारण सहकारी संस्थाहरुले बचत तथा ऋणको कारोबारमा मात्र सिमित नरही आदर निकेतन सञ्चालन गर्नुपर्नेमा उहा“ले जोड दिनुभयो । 
सहकारी संस्थाले बचत संकलन गरी ऋण लगानी गर्दै जादा एकै व्यक्तिमा धेरै ऋण लगानी भई केहि कारणले गर्दा ऋणीको व्यवसाय असफल भई भाग्ने गरेको देखिएको हुनाले यस प्रकारको जोखिमलाई न्यूनिकरण गर्नका लागि संकलित रकम उत्पादनशिल क्षेत्रमा लगानी गरी रोजगारी सिर्जना गर्नुपर्ने र यसले गरिब किसानको आर्थिक सहभागिताबाट आर्थिक उन्नती भई गरिबी न्यूनीकरण गर्न सकिने कुरा व्यक्त गर्नुभयो ।
ज्येष्ठ सदस्यहरुले नियमित रुपमा स्वास्थ्य परिक्षण गरी डाक्टर सल्लाह सुझाव अनुसार औषधी लिनु पर्ने बताउनु हुदै आफ्ना समस्याहरु परिवार मित्रहरुलाई जानकारी गराउनु पर्ने यसले गर्दा प्राप्त सुझावहरुले पनि कतिपय समस्या समाधान गर्न सहज भएको बताउनु भयो । भक्तपुर जिल्लामा धेरै सुविधा भएको जिल्ला भएको कुरा बताउनु हुदै हाल नेपाल भाषा जान्ने स्वास्थ्यकर्मीहरु उपलब्ध भएको कारणले गर्दा पनि ज्येष्ठ नागरिकहरुले आफ्नो सम्पूर्ण समस्याको बारेमा बताउन सक्ने अवस्था भएको भन्नुभयो । साथै साना साना कुराहरुको ज्ञान नहुनाले पनि ठुला घटना हुन सक्ने भएकोले बच्चाहरुलाई सानो बेला देखि नै विविध विषयहरुको बारेमा जानकारी दिनु पर्ने बताउनु भयो । शरिरलाई जति चलायमान बनायो त्यति नै उर्जा थप्दै जाने भएको हुनाले वर्ष थप्दै गए पनि आफ्नो शरिरको क्षमताले भ्याए सम्म शरिरलाई चलायमान बनाइराख्नु पर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रमका अतिथि डा. रत्नसुन्दर लासिवाले सहभागी ज्येष्ठ सदस्यहरुलाई स्वास्थ्य हेरविचारका विभिन्न पक्षहरुबारे जानकारी गराउनुभयो । उहा“ले समयमै उपचार गरे रोगको निदान हुने भन्दै यसतर्फ सवैजना ज्येष्ठ सदस्यहरुलाई सचेत रहन आग्रह गर्नुभयो । साथै निरोगी बन्नका लागि उचित खानपान संगै शारिरीक व्यायाम र खुशी हुन पनि त्यति नै जरुरी रहेको बारेमा जानकारी गराउनु भयो । प्रेसर, सुगरको रोग संगै क्यान्सरको रोगी बढ्दै आएको जानकारी गराउदै दिर्घ दम खोकीको लक्षण धेरै जनामा देखिएको हुनाले खानपानमा ध्यान दिनुपर्ने बताउनु भयो ।
संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले ३१ जना युवाहरुको सहकार्यमा सञ्चालन भएको संस्था हाल १६ हजार भन्दा बढिको परिवार बन्न सकेको बताउदै नीति नियमको पालना गरी संस्था सञ्चालन भएको हुनाले स्वदेश तथा विदेशमा नाम कामाउन सफल भएको जानकारी गराउनुभयो । उहा“ले संस्था अर्थिक क्रियाकलापमा मात्र सिमित नभई विभिन्न सामाजिक क्रियाकलाप साथ साथै सिपमूलक तालिमहरु पनि आयोजना गर्दै आएको उल्लेख गर्दै संस्थाका कार्यक्रममा सम्पूर्ण सदस्यहरुलाई सहभागी हुन अनुरोध गर्नुभयो।
संस्थाका सचिव विष्णु प्रसाद दुमरुले सञ्चालन गरेको उक्त कार्यक्रममा धन्यवाद मन्तव्य संस्थाका उपाध्यक्ष विष्णु राम दुमरुले राख्नुु भएको थियो भने संस्थाका कोषध्यक्ष जयराम गोर्खालीले पनि बोल्नुभएको थियो ।  

...

All Comments.......


Please Login/Register To Comments