भक्तपुर ः भक्तपुर उद्योग वाणिज्य संघ (बीसीसीआई) मा आबद्ध उद्योगी व्यवसायीहरुले आइतबार सद्भावपूर्ण होली कार्यक्रम आयोजना गरेका छन् । 
सामाजिक सद्भाव तथा रंगहरुको पर्व फागू पूर्णिमाको अवसरमा होटल सिटीगाउँमा होली कार्यक्रम आयोजना गरिएको हो । बीसीसीआईमा आवद्ध उद्योगी व्यवसायीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी होली मनाएका हुन् । होली कार्यक्रममा बीसीसीआईका पदाधिकारी एवं कार्यसमिति सदस्यहरु, पूर्वअध्यक्षहरु र सदस्यहरुको समेत सहभागिता रहेको थियो । 
बीसीसीआईका महासचिव नविन प्रजापतिले सद्भावको प्रतिकको रुपमा मनाइने होलीको अवसरमा जिल्लाका उद्योगी तथा व्यवसायीहरुबीच शुभकामना आदानप्रदानका लागि होली कार्यक्रम आयोजना गरिएको बताए । उनले गत वर्षदेखि बीसीसीआईले फागू पूर्णिमाको दिन व्यवसायीहरुबीच शुभकामना आदानप्रदानको लागि होली कार्यक्रम आयोजना गर्न थालेको बताए । 
यस प्रकारको कार्यक्रमले जिल्लाका उद्योगी, व्यवसायीहरुबीच सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गर्दै उनले आगामी वर्षहरुमा बीसीसीआईले आयोजना गर्ने होली कार्यक्रममा सहभागी भइदिनुहुन आग्रह गरे । 

...

All Comments.......


Please Login/Register To Comments