सानोठिमी । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. २ सानोठिमी आर्मी ब्यारेकस्थित ओरालोमा शुक्रबार पुरानो ठिमीबाट पेप्सीकोलातर्फ जाँदै गरेको अल्फाबेट नम्बर नखुलेको पल्सर मोटरसाइकलले ठक्कर दिंदा एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरकै मध्यपुर ठिमी नगरपालिका वडा नं. २ सानोठिमी बस्ने वर्ष ६२ को राम थापा मगर रहेका छन् । ठक्कर दिँदा गम्भिर घाइते भई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगेको उपचारकै क्रममा विहान विहान मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनास्थलमा प्रहरी वृत ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको जनाइएको छ । लाश पोष्टमार्टमको लागि के.एम.सी. अस्पताल दुवाकोट भक्तपुर लगिएको छ । ठक्कर दिने मोटरसाईकल चालकलाई खोजतलास कार्य भईरहेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरेको जनाइएको छ ।  
...

All Comments.......


Please Login/Register To Comments