तोखाको मूः नायः हेमराज श्रेष्ठको संयोजकत्वमा (जात्रा) व्यवस्थापन समिति गठन
- Post Date 2024-03-31 08:40:56
नविना श्रेष्ठ
चैत्र १८
तोखा नगरपालिका वडा २ र ३ को संयुक्त आयोजनामा दुई वडा कार्यालय भवनमा बिहिबार र शनिवार पहिलो र दोस्रो बैठक छलफलपछि तोखाको मू:नाय हेमराज श्रेष्ठको संयोजकत्वमा जात्रा व्यवस्थापन समिति गठन गरेको छ। तोखामा हरेक वर्ष बैशाख १ गते सपनर्तीथ मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ ।भने २ गतेदेखि ४ गतेसम्म विस्काः नखः (जात्रा) हुने र ५ गते बाजा, बासुरी,धिमें लगायत सबै बाजागाजाहरु तोखाको बज्रयोगिनी मन्दिरमा गई पूजा गरी रमाइलो गरी भोज खाई आजबाट जात्रा सक्यो भन्ने महसुस गर्दै घर फर्कन्छन्। ति नै जात्रा सफलतापूर्वक सञ्चालन गर्नका लागि तलेजु गुथिका मूः नायः हेमराज श्रेष्ठको संयोजकत्वमा जात्रा मुल व्यवस्थापन समिति गठन गरेको हो। हेमराज श्रेष्ठको संयोजकत्वमा १८ सदस्यको मुल व्यवस्थापन समिति गठन गरिएको छ।
तोखा २ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ अध्यक्षतामा सञ्चालन भएको बैठकमा तोखा ३ का कार्यवहाक अध्यक्ष हरी कृष्ण श्रेष्ठ टोखा–२ का वडासदस्य सविना श्रेष्ठ, लक्ष्मी हिङमाङ, अमर डंगोल, आर्यन डंगोल, तोखा–३ का वडासदस्य शान्ता राई, हरिमाया नेपाली हरीभक्त श्रेष्ठ,ने वाः गुथिका अध्यक्ष रमेश नापित टोखा संस्कृति क्षेत्र विकास समितिका प्रतिनिधि, सम्बन्धित द्य: खल:, पुजारी, बाजा खल:, विभिन्न राजनीति दल, क्लब ,सामाजिक संघसंस्थाका प्रतिनिधिहरू उपस्थित रहेको थियो ।
जात्रालाई व्यवस्थित, भव्य र सभ्य रुपमा सम्पन्न गर्ने उक्त बैठकले व्यवस्थापन समितिसँगै आवश्यक उपसमेतिको गठन गरी जिम्मेवारी बाँडफाँड समेत गरिएको थियो ।
मूल व्यवस्थापन समिति तथा उप समितिका संयोजकहरुको नामाकरण : हेमराज श्रेष्ठ संयोजक मुलनाइके, तलेजु गुथी गणेशमान श्रेष्ठ व्यवस्थापन अध्यक्ष , तोखा सं.सं.क्षे.बि.स. रमेश नापित व्यवस्थापन अध्यक्ष , नेवाः गुथि तोखा
वडा नं २ र ३ व्यवस्थापन भौतिक पुर्वाधार व्य. उपसमिति
वडा नं २ र ३ संयोजक स्टल तथा पसल ब्यवस्थापन
हेमराज श्रेष्ठ संयोजक पुजाआजा व्यवस्थापन उपसमिति
हरिभक्त श्रेष्ठ संयोजक सरसफाई व्यवस्थापन उपसमिति
बुद्धिहरी श्रेष्ठ संयोजक स्वयंसेवक व्य. उपसमिति
राष्टमान श्रेष्ठ संयोजक शान्ति सुरक्षा व्य. उपसमिति
अष्टकुमार श्रेष्ठ संयोजक रथजात्रा खट व्यवस्थापन उपसमिति
सुर्यमान डंगोल संयोजक बाजागाजा व्यवस्थापन उपसमिति
अकबर श्रेष्ठ संयोजक टोल बस्ती पार्किङ्ग व्यवस्थापन
सुर्दशन श्रेष्ठ संयोजक यातायात ब्यवस्थापन उपसमिति
सुबिन्द्र श्रेष्ठ संयोजक प्रचार प्रसार व्य. उपसमिति
अनिल श्रेष्ठ संयोजक स्वास्थ्य व्य. उपसमिति
हेरकाजी डंगोल सदस्य महासचिव ,नेवाः गुथि तोखा
रविना श्रेष्ठ सदस्य तोखा संस्कृति सं.क्षे. बि.स.
टुख्य स्काउट क्र्यु सदस्य स्वयंसेवी समुह
जात्रामा निषेधत कुराहरु
यस वर्ष जात्राको समयमा कुनै पनि निकायको विज्ञापन तथा प्रचारप्रसार हुने खालका कुनै पनि पोसाकहरू लगाउन निषेध गरिने भएको छ । जात्रा तयारीको लागि बसेको सर्वपक्षीय बैठकले जात्रामा कुनै पनि राजनितीक दल, क्लब, संघ संस्थाहरूले अन्य कुनै पनि निकायको विज्ञापन तथा प्रचारप्रसार हुने खालका कुनै पनि पोसाकहरू लगाउन बन्देज गरिएको व्यहोरा अवगत गराउँदै उक्त जात्रा बखत नेवारी संस्कृती झल्किने मौलिक ड्रेस (दौरा सुरुवाल/हाकु पटासी) लगाइ जात्रालाइ भव्य र सभ्य रूपमा मनाउने निर्णय गरिएको छ ।
साथै शुभकामना व्यानर तथा विज्ञापन होडिङ्ग वोर्डहरू समेत जथाभावी राख्न नपाउने भएको छ । जात्राभरि एउटै कलरको टिसर्ट र टिसर्टमा २०८१ अथवा ११४४ मात्र लेखेमा सुनमा सुगन्ध थपिने दुई वडाका वडाध्यक्ष धर्विन्द्र श्रेष्ठले बताएका छन्।३ वटाका वडा अध्यक्ष रमेश डंगोलले जात्रामा बाजा बजाउने स्वतन्त्र अधिकार हो। तर यसलाई सभ्य र भव्य रूपमा र आफू स्वयं अनुशासनमा बसेर बाजा बजाएमा राम्रो हुने बताएका छन्।भने संघसंस्थाले पनि आफ्नो कार्यालयल भवनमा मात्र शुभकामना व्यानर राख्न पाउने छन। कुनै पनि मदिराजन्य वा अन्य व्यापार व्यवसायको विज्ञापन समेत गर्न पाउने छैनन् । त्यसो गरेको पाएमा प्रचलित कानुन अनुसार कार्वाही गरिने वडा कार्यालयले जनाएको छ ।
All Comments.......
Please Login/Register To Comments