सुनिता गाइसी
भक्तपुर । भक्तपुर नगरपालिका द्वारा सञ्चालित ख्वप कलेजमा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा एन्टर्पर्नसिप सपोर्ट प्रोग्रम अन्तगर्त विभिन्न सत्रहरु सञ्चालन भइरहेको छ । यसै क्रममा चैत्रको २२ गते नेपाल बैक लिमिटेट भक्तपुर शाखाका प्रवन्धक  सुनिल थुसाले व्यवसायिक नैतिकता सम्बन्धी र बैक तथा वित्तिय प्रणालीबारे प्रशिक्षण गर्नुभयो । कुनै पनि व्यवसाय सञ्चालन गर्दा उद्यमीले  व्यवसायीक नैतिकता, सामाजिक उत्तरदायित्व साथै बैकले गर्ने वित्तिय कारोबार, ऋण प्रणाली, व्याजदरबारे विशेष  ध्यान दिनु पर्ने कुरामा प्रशिक्षक थुसाले जोड दिनु भयो । कतिपय मानिसहरुमा विभिन्न व्यवसाय सम्बन्धी ज्ञान, सिपहरु ह्ुने गर्दछ उसको सपना साकार पार्न पूजीँको आवश्यकता पर्दछ । त्यो पुजीँको व्यवस्थापन बैक तथा वित्तिय संस्थाबाट हुने गर्दछ । उद्यमीले सकेसम्म कम व्याजदरमा ऋण लिन प्रयास गर्दछ जुन स्वभाविक पनि हो । बैक तथा वित्तिय संस्थाले हाल उद्यमीशील व्यतिmहरुलाई विभिन्न शिर्षकमा ऋणको व्यवस्था गदै आएको बारे पनि प्रशिक्षकले बताउनुभयो । प्रशिक्षकले ग्रीन बैकिङको बारेमा चर्चा गर्नुभयो । यस अन्र्तगत बैकिङ कारोबार गर्दा वाताबरण मैत्री अवधारणलाई जोड दिनु हो । बैकमा हुने कागजी कामहरु हाल अनलाइन मार्फत वा भनौ डिजिटल प्रविधि मार्फत हुदै आएकोबारे प्रशिक्षकले बताउनुभयो ।  हाल नेपाल बैक लिमिटेटले युवा स्वरोजगार कार्यक्रम अन्र्तगत विभिन्न नगरपालिकाका युवा उद्यमीहरुलाई  विना धितो ऋणको व्यवस्था गदै आएकोबारे पनि बताउनुभयो । हाल बैकिङ क्षेत्र संग सम्बन्धी विभिन्न कार्य तथा  बेलाबेला आइपर्ने समस्याहरुबारे पनि चर्चा गर्नुभयो । प्रशिक्षणको अन्त्यमा प्रशिक्षक थुसालाई इएसपी कार्यक्रमका सयोजक अञ्जु ग्वाछा ले कलेजको तर्फ मायाको चिनो प्रदान गर्नुभयो ।  

...

All Comments.......


Please Login/Register To Comments