नविना श्रेष्ठ ऐतिहासिक, धार्मिक एव सांस्कृतिक टोखा नगरीको नामबाट नामाङ्कन भएको टोखा नगरपालिकामा रहेको प्रसिद्ध धार्मिक तिर्थस्थल श्री सपनतिर्थ सिद्धि विनायक ( गणेश) मन्दिर परिसरमा बैशाख १ गते नयाँ बर्षको बिशेष मेलामा पहिलो पटक सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको गरिमामय उपस्थितीको लागी निमन्त्रणा दिने क्रममा क्षेत्र नं ५ का प्रतिनिधी सभा सदस्य माननीय प्रदिप पौडेलको विशेष पहलमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी, नगर उप प्रमुख मुरारी तमाङ, प्रमुख प्रशसाकिय अधिकृत शेर बाहादुर वि. सी, वडा अध्यक्षहरु विभिन्न उच्च पदमा रहेका विशिष्ट व्यक्तित्वहरु सहितको संयुक्त टोली राष्ट्रपति भबन सितल निवासमा मंगलबार विहान औपचारिक रुपमा निमन्त्रणा दिन पुगेका थिए। यस सपन तीर्थ मन्दिरको छुट्टै महिमा छ। यहाँको छुट्टै किवदन्ती छ। कुनै मानिसलाई कुस्तरोग लागेको छ ,भने त्यस मानिस सपनतिर्थ मन्दिरको पोखरीमा नुहाउँदा त्यो रोग निको हुने जनविश्वास रहेको छ। मनले चाहेको मागेमा पूरा हुने र बालबच्चाहरूले नबोलेको खण्डमा सपनविनायकलाई दर्शन गराउँदा बोल्छ,भने यहाँ को धार्मिक विश्वास रहेको छ। यस मन्दिरमा चैत महिनाको अन्तिम दिनमा बाघद्वार गएर दर्शन गरी रातको समयमा सपनविनायकमा पुगी दर्शन गर्दा मनले चिताएको मागेको कुरा पुरा हुन्छ ,भन्ने धार्मिक विश्वास रहँदै आएको छ। यहाँ टाढाटाढाबाट भक्तजनहरू आई मेला भर्ने गर्दछ। देशदेखि विदेश मा रहनुभएका भक्तजनहरू आई मन्दिरको दर्शन गरी फर्कने गर्दछ। यस मन्दिरमा चैत महिनाको अन्तिम दिनको दिन र रातभरि नै मानिसहरू सुरुमै दर्शन गर्न लालहित भई रातभरि नसुतिकन बसेको हुन्छ। कोही भजन कृतन गाउँछन्, कोही बत्ती बाल्न थाल्छन्, कोही भक्तजनहरूको सेवाको लागि खटिन्छन्, भने कोही व्यापार गर्न लालाहित हुन्छन्। वैशाख १ गते सपन तीर्थ मन्दिरको मेलापछि वैशाख २,३,४ गते सम्म विस्का: नख: जात्रा हुन्छ। यसरी जात्रा पर्व सुरु भएसँगै ५ गते सबै बाजागाजा रथ बोक्ने मानिस खलपुच सबैजना टोखाको बज्रयोगिनी मन्दिरमा गई पूजाआजा गरी रमाइलो गरी आजबाट जात्रा सक्यो भने सन्देश छोडी आआफ्नो घर फर्कने गर्छ। यहाँको लामो इतिहास लामो किवदन्ती जोडिएको मन्दिरमा यो पटक भने राष्ट्रिय स्तरको सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल मन्दिरको अवलोकनसँगै दर्शन गर्न २०८१ वैशाख १ गते बिहानको ८:०० बजे आइपुग्ने बताएका छन्।...

All Comments.......


Please Login/Register To Comments