सुनिता गाइसी
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज र आइडिया स्टुडियो विच एक सम्झौता भएको छ । ख्वप कलेजका विद्यार्थीहरुमा उद्यमशीलताको भावना विकास गर्न र विद्यार्थीमा रहेको उद्यमशील सोचलाई उद्योगसम्म पु्र्याउन कलेजमा ईन्क्युवेशन सेन्टर स्थापनार्थ सम्झौता भएको हो । 
ईन्क्युवेशन सेन्टरको माध्यमबाट उद्यमशील विद्यार्थीलाई आवश्यक वित्तीय, बैकिंङ, कानुनी, प्राविधिक, व्यवसायिक सञ्जाल विकास, बजार व्यवस्थापन, नवप्रवर्तन र उद्यमशीलताको भावना लगायतका क्षेत्रमा आवश्यक परामर्शका लागि कलेजमा सेन्टर स्थापना गर्न लागेको हो । ईन्क्युवेशन ल्यावले  विद्यार्थीहरुको स्टार्टअप र उद्यमशील  विचारहरु विकास गर्न सहयोगी वातावरण तयार गर्ने कार्य गर्दछ । दिनहुँ हजारौ युवाहरु विदेशीने क्रम बढेको अवस्थामा ख्वप कलेजले देशमा नै रोजगारीको अवसर सृजना गर्ने हेतुले ईन्क्युवेशन सेन्टर स्थापनामा जोड दिएको हो । 
गरे के हुन्न ? भन्ने सोचका साथ  विद्यार्थीहरु यसप्रति सकारात्मक छन् । हाल युवा विदेशीनुको मुख्य कारण कामको खोजी नै हो । यदि स्वदेशमै रोजगारीको अवसरको सृजना गर्न सकेका युवा  विदेश पलायन हुने क्रमलाई केही कम गर्न सकिन्छ । युवा विद्यार्थीहरुले परम्परागत रुपमा सञ्चालन हुदै आएको पेशालाई नयाँ सोचका साथ अगाडि लैजाने वाताबरणको निमार्ण ईन्क्युवेशन सेन्टरले पुरा गर्दछ । सम्झौतामा ख्वप कलेजकातर्फबाट प्राचार्य प्रकाशकुमार श्रेष्ठ र आइडिया स्टुडियोकोतर्फबाट अध्यक्ष डा. छिरिङ लामाले सम्झौता गर्नुभएको थियो । 

...

All Comments.......


Please Login/Register To Comments