भक्तपुर । वडा दशै वा मोहनी नखाःसँगै भक्तपुरमा आज देखि भाषा, साहित्य सम्मेलन सुरु हुने भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले नेपाल भाषा साहित्य तःमुज्या तथा र्साँकृतिक ब्वज्याको ४० औं सृखलाको आज उद्घाटन गर्नु हुँदै दुई दिने जनपछिय भाषा, साहित्य, राजनैतिक, स्वास्थ्य, शिक्षा लगायत विविध विषयहरुका विज्ञहरुको विश्लेषण पनि प्रस्तुत हुने छन् । आज दिउँसे १ बजे अध्यक्ष विजुक्छेले अनलाईन जुम मार्फत ४० औं तःमुज्याको उद्घाटन गर्नु हुने भएको हो। तःमुज्याको पहिलो दिनको सभापति शिक्षक ज्ञानसागर प्रजापतिले गर्नु हुने तःमुज्यका अध्यक्ष चन्द्रवहादुर उलकले बताउनु भएको छ । आनलाईन मार्फत हुने त.ःमुज्या विभिन्न सामाजिक सञ्जाल, फेसवुक पेज, भाड्गाउँ टेलिभिजन, अनलाइन मजदुर डट कम,भक्तपुर रेडियो डट कम,  रेडियो जनसञ्चार १०७.९ मेगाहर्जमार्फत पनि हुने तःमुज्या संयोजक एवं प्रदेश सांसद सुरेन्द्रराज गोसाईले बताउनु भयो । कोरोनाका कारण जनस्वास्थ्यलाई ख्याल गर्दै यसपालिका अनलाईमार्फत तःमुज्या हुने उहाँले बताउनु भयो ।
‘जनता बाचे, भाषा बाच्छ’ भन्ने उद्घोषका साथ भक्तपुर नगरका विभिन्न क्षेत्रमा प्रस्तुत हुँदै आएको नेपाल भाषा साहित्य तःमुज्या तथा सांस्कृतिक ब्वज्या कार्यक्रम यस वर्ष अनलाईनबाट हुने भएको हो । प्रत्येक वर्ष द्वादसी र त्रयोदर्सीको दुई दिनसम्म हुने तःमुज्याको ४० औं सृखंला कोरोना संक्रमणको जोखिमका कारण अनलाईनबाट हुने अध्यक्ष उलकले बताउनु भयो । भाषीक आन्दोलनको रुपमा तःमुल्याले मातृ भाषा संरक्षण र यसलाई व्यवहारिक एवं काम काज र बोलिचालीको भाषाको रुपमा संरक्षण गर्नुपर्नेमा जोड दिदै भाषीक आन्दोलन स्वरुप तःमुज्या आयोजना हुँदै आएको जनकवि उलकले बताउनु भयो । तःमुज्याले मातृ भाषाबाट शिक्षण सिकाई भए सजिल्लै शिकाई उपलब्धी हुने विश्वासका साथ जनपक्षित साहित्य र साँस्कृति नाँचगान, नटक एवं ख्यालहरु समेत प्रस्तुत गर्दै आएको छ । यसपटक भने विश्वव्यापी फैलिएको कोरोना संक्रमणको जोखिमका कारण तःमुज्याले साहित्यीक र विभिन्न क्षेत्रका विज्ञहरुका मन्तव्य मात्रै प्रस्तुत गर्ने छन् । भाषिक आन्दोलनसँगसँगै बर्गीय चेतनाको लागि नेपाल मजदुर किसान पार्टीको बैज्ञानिक समाजबादी दृष्टिकोणलाई समुदायमा पुर्याउन तःमुज्याले राजनैतिक अभियान पनि थालि रहेको जनकवि उलकले बताउनु भयो । नेपाल भाषा मात्र होइन, हरेक भाषाभाषी जनतीहरुले आआफ्नो भाषा, साहित्यको संरक्षणको लागि भाषिक आन्दोलनसँगसँगै राजनैतिक चेतना पनि वृद्धि गर्नुपर्ने जनकवि उलकले जोड दिनु भयो । समाजमा भए गरेका शोषण, अन्याय, अत्याचार, भ्रष्टाचार, अनियमिताको विरोध गर्न आज भन्दा ४० वर्ष अघि तःमुज्या स्थापना भएको उल्लेख गर्दै तःमुज्याका संस्थापक अध्यक्ष कान्छा बासुकलाले पटक पटकको राजनैतिक परिवर्तनसँगै वर्ग संघर्ष, शोषण अन्याय अत्याचारका स्वरुप पनि परिवर्तन र फराकिलो हुँदै आएकाले तःमुज्याको उदेश्य र उपयोगिता झन बढेको स्मरण गर्नु हुँदै यसपालिको तःमुज्या कोरोना भाइरस संक्रमणको जोखिमका कारण अनलाईबाट मात्रै हुने बताउनु भयो ।

...

All Comments.......


Please Login/Register To Comments