भक्तपुर । उद्योग स्थलहरुमा बाताबरणको प्राकृतिक ब्यबस्थापनको लागि बनाइएका पोखरीले सहरको सुन्दरता थपेको छ । धेरै नै सुन्दर ३३ पोखरीहरुमा कसरी उद्योग बाणिज्य क्षेत्रको लगानी बढाउन सकिन्छ भन्ने उद्योग र बाणिज्य बिभागको योजना साकार पार्न यो कार्यक्रम गरिएको हो । 
आर्थिक समृद्धिको लागि उद्योग, बाणिज्य र पर्यटनको चर्चा गर्ने उदेश्यले उद्योग बाणिज्य दिवस र नयाँ बर्षको पुनीत अवसरमा आयोजित ३३ पोखरी परिक्रमा कार्यक्रममा गरेको जनाएको छ । टिकट बितरणको लागि सहयोगको अपेक्षा गरिएको छ । 
३३ पोखरी परिक्रमा पदयात्रा २०८१
मिती ः २०८१ बैशाक १ गते
भेलाहुने स्थान ः माहेश्वरी मन्दिर, भक्तपुर
भेला हुने समय ः  बिहान ७ः३० बजे
जलपान समय  ः बिहान
सम्हे बजी समय ः दिउँसो जुजु  धौ सहित
क्यालेन्डर अवलोकन ः बिहान १२ः१५ बजे
पदयात्रा सम्पन्न समयः ः दिउँसो ३ बजे
पदयात्रामा सहभागी हुन चैत ३० भित्र टिकट बुक गर्नको लागि ध्जबतकब्उउ मा नाम पठाउन पर्नेछ। 

भक्तपुरका ३३ पोखरी परिक्रमा कसरी गर्ने ?
भक्तपुरको पहिचानको रुपमा रहेको ङातापोल्ह मन्दिरमा ३३ वटा खुडकिला छन् । ती खुडकिलाको प्रतिक मानेर ३३ पोखरीको परिक्रमा गर्ने चलन केही बर्ष अघि सुरु गरिएको हो । ङातापोल्ह देगल देखिने पाँचाख्यबाट सुरु हुने यात्रा च्याम्हासिहको पोखरी पछि पाँचाख्य मै पुग्दा पुरै भक्तपुर परिक्रमा हुन्छ । 
प्राचिनकालमा पानीको श्रोतका रुपमा निर्माण गरिएका भाँदगाउँ सहरका पोखरी आधुनिक कालमा पर्यटकीय गन्तब्यका रुपमा परिणत भएका छन् । यस सहरको आर्थिक बिकासको लागि बिदेशीहरुबाट उठाइएको प्रबेश शुल्कले उल्लेख्य योगदान गरेको छ । तर पर्यटकहरुको पैसाबाट पुननिर्माण गरिएका पोखरीहरुमा उनीहरु बिरलै मात्र जाने गरेका छन् । अन्तराष्ट्रिय स्तरका पर्यटक गाइड बुकहरुमा यहाँका पोखरीहरुको सुचना नराखिदा पर्यटकहरु जानकारीको अभाबमा पोखरी अबलोकन गर्न छुटाउछन् ।
भादगाँउका पोखरीहरुमा नेपाली पर्यटकहरुको भीड भने देखिने गरिएको छ । भादगाउँ सहरमा सम्पदा संरक्षणको लागि बिभिन्न पर्बहरुमा मन्दिर परिक्रमा, बिहार परिक्रमा र चैत्य परिक्रमा हुदै आएका छन् । त्यसै गरी नबरात्रीको दिनहरुमा पोखरीहरुमा मेला लाग्ने गरेको छ । भक्तपुरको ३३ पोखरी परिक्रमा गर्ने दिनको रुपमा बैशाक १ गतेलाई लिइएको छ । 
भक्तपुरका केही महत्वपुर्ण पोखरीहरु
सिद्धपोखरी
पश्चिम भक्तपुरमा रहेको यस पोखरीमा हरेक बर्ष इन्द«जात्राको दिनमा मेला लाग्ने गरेको छ । पन्ध्र बर्ष यता स्थानीयबासीले सो दिन पोखरी परिसरमा दिपावली गर्दै आएको छ । दिपावली हेर्नको लागि सो रात बीसौं हजार मानिस त्यहाँ पुग्ने गरेका छन् । भीडलाई ब्यबस्थित गर्न सो रात पोखरीको पुर्बी प्रबेशद्धार मात्र खुल्ला गर्ने गरिएको छ । त्यस साँझ आवागमनलाई भने एकतर्फी बनाइने गरिएको छ । भक्तपुर सहरकै सबैभन्दा ठुलो मनोरन्जन क्षेत्रको रुपमा यसलाई बिकास गरिएको छ । माछा पालन गरेर नगरपालिकाले आम्दानीको श्रोत समेत जुटाएको छ । पोखरी परिसर हरेक साँझ बिजुली बत्ती बालेर झिलिमिलि पार्ने गरिएको छ । युवा पुस्ताको लागि यो पोखरी प्रमुख जमघट स्थल हुन पुगेको छ । 
नपुखु
टेलिकम टावरमुनि रहेको नपूखुको भित्री डिलमा ढुङगा बिछ्याउने कार्य साउन महिनामा सकिएको छ । ढुङगा बिछ्याए पछि यहाँ भित्र मानिसको चहलपहल बढेको छ । पोखरीमा लागेका लेउहरु हटाइएका छन् । पोखरीको पानी सफा भए पछि पोखरी संगैको बसपार्कका सवारी चालकहरुले दिनँहु आफ्नो सवारी पाखाल्न पोखरीको पानी प्रयोग गर्न पाएका छन् । पोखरीको उत्तरबाट चाँगु नारायण मन्दिर रहेको डाँडो र मन्दिरको गजूर समेत हेर्न सकिन्छ । दक्षिण पट्टीबाट भने उपत्यकाको सबैभन्दा अग्लो पर्बत फुलचोकी डाँडामा रहेको एनटिभी टावर देखिन्छ । स्थानीय युवाहरु उक्त पोखरीको डिलमा दगुरेर बिहान बिहान शारिरिक अभ्यास गर्ने गर्दछन् । 
कालदह
भक्तपुर उद्योग क्षेत्र भित्र अनि नपुखुको मुन्तिर कालदह रहेको छ । जनैपुर्णिमाका दिनमा मेला लाग्ने यस कालदहमा चारैतिर देबदेबीका मुर्तिहरु स्थापना गरिएका छन् । कालदको बरिपरी काष्ठकलाको गाउँ रहेको छ । काष्ठकलाको ब्यापार गर्नेहरुको लागि यो पोखरी हेर्न छुटाउन नहुने मध्ये एक हो । 
चिल्ड्रेन पार्क
नवदुर्गा चलचित्र भवनको तलपट्टी शहिद पार्क भित्र रहेको पोखरी चिल्ड्रेन पुखु हो । भादगाउ सहरमा आउने बिद्यलयका बिद्यार्थीहरुको मनोरन्जनको लागि बनाइउको यस पोखरी परिसरमा बिद्यार्थीहरुले ड्राइ पिकनिक मनाउन जाने गरेका छन् । भादगाउँ र्क एउटै मात्र गोलाकार पोखरीको रुपा रहेको यस क्षेत्रमा सहिदहरुको मुर्ति समेत कुदिएका छन् । 
भण्डारखाल पोखरी
भक्तपुर दरवारको सेतो ढोकाबाट प्रबेश गरे लगत्ते बायाँपट्टी फुलैफुल अम्रिएको एउटा ढोका देखिन्छ । सो ढोका भित्र छिरे पछि देखिने सानो पोखरी भण्डारखाल पोखरी हो । फुल फुलेको ढोकामा पुलिस थानाको साइनबोर्ड देखिन्छ । सो बोर्डको कारण पर्यटकहरुले त्यहाँ भित्र सुन्दर पोखरी रहेको अनुमान समेत गर्न सकेका छैनन् । यसै कारण भण्डारखाल पोखरी कमै मात्रले अवलोकन गर्ने गरेका छन् । 
सुन्दरी चोक
भक्तपुर दरवारको सुनढोका भित्र चारैतिर नागनागिनाको मुर्ति कुदिएको पोखरी छ । यो पोखरी रहेको ठाउँलाई सुन्दरी चोक भनिन्छ । यस चोकमा राजपरिवार सदस्यहरु स्नान गर्दथे भन्ने जनश्रुति रहेको छ । बर्तमानमा भने त्यहाँ दरबार भित्र हुने बली चढाइएका बोका पोल्न प्रयोग हुने छ्वाली र पराल भण्डारण गरिएका छन् । 
रुञ्चे पोखरी
भक्तपुर दरवारको मुलचोक भित्र पातपतिङगरले भरिएको एउटा पोखरी छ । यस पोखरीमा बालबालिकालाई स्नान गराइएमा रुञ्चेपना हट्ने बिश्वास रहेको छ । बिदेशी पर्यटकहरुलाई यस पोखरीमा प्रबेशमा रोक लगाइएको छ । यहाँ तल्कालिन मल्ल राजाको कुल देबता रहेकोले बिदेशीहरुलाई प्रबेश गर्न नदिइएको हो । 
ब्यासी पोखरी
नामुद गुण्डा र डनहरुको बस्ती रहेको ब्याँसमी दुइवटा पोखरी छन् । यी पोखरी वरिपरीका बाटामा बिस्कुन सुकाइएको रमाइलो दृष्य देखिन्छ  यहाँका बासिन्दाहरुलाई लासिवा भनिन्छ । नेवार भाषामा लासिवा शब्दको अर्थ बाटोमा बिस्कुन सुकाउने मानिस भन्ने रहेको छ । ब्याँसीका पोखरीहरु भिरालो जमिनमा बनाइएको कारण अरु पोखरी भन्दा फरक देखिएका छन् ।
ख्योपुखुचा
महाकाली मन्दिरसंगै रहेको ख्योपुखुचामा सुतिरहेको बिष्णुको मुर्ति राखिएको छ । यस पोखरीमा हरेक तीन बर्षमा साउन महिना भरी मेला लाग्छ । यसै गरी हरेक बर्षको फुलपातीको दिनमा यहाँ भब्य मेला लाग्ने गर्दछ । अचाँ पुखूको नामले समेत यो पोखरीलाई चिनिछ ।
भौलापुखु
भोलाछे टोलमा रहेको भौलापूखूको बारेमा एउटा किबंदंती रहेको छ । जसअनुसार हाल पोखरी रहेको स्थानमा भौ अर्था बिरालोहरु झगडा गर्दथे । यहाँ बिरालो झगडा गर्दा गर्दै कालान्तरमा ठुलो खाडल बन्न पुग्यो । सोही खाडल पछि भोलापुखूमा परिणत भएको भनाइ रहेको छ । पोखरी वरिपरी नारायण शिब र गणेशका मन्दिर रहेका छन् । 
नागपोखरी
थालाछेमा रहेको नागपोखरीमा रहेको नागको मुर्ति पुर्ब दिशामा फर्केका छन् । सो पोखरीमा स्थानीय छिपा समुदायले धागोमा रंग लाउने गरेका छन् । प्रयोग भैसकेको रंग पोखरीको पानीमा मिसाइने भएकोले पोखरी रंगीन देखिने गरेको छ । 
नबदुर्गा पोखरी
दशैंमा राष्ट्रपति महोदय समेत दर्शनको लागि आउने नवदुर्गा मन्दिरको छैवैमा रहेको नवदुर्गा पोखरी फराकिलो रहेको छ । यो क्षेत्र भक्तपुरकी एकान्तकुमारी बिराजमान हुने प्रसन्नशील महाबिहार जाने प्रमुख थला भएकोले यहाँ नेपाली पर्यटकहरुको चहलपहल बाक्लो हुने गरेको छ । 
लामागाल
कमलबिनायकको सरस्वती स्कुल परिसरमा रहेको लामागाल पोखरमिा पनि माछा पालिएका छन् । सुख्खायाममा स्थानीयले यहाँको पानी प्रयोग गर्दै आएको छ । बास्तुकलाका बिद्यार्थीहरुले आफ्नो थेसिसमा यस पोखरीमा जीबनको संम्भावना रहेको उल्लेख गरेका छन् । 
कमलपोखरी
दशक अघिसम्म कमल फुल्ने गरेको कमलपोखरी हिलोमुक्त भएकोले कमल त फुलेको छैन । तर पोखरीको पश्चिम भागमा भने बगैचा निमार्ण गरिएको छ । दक्षिणमा संन्ध्यकालिन मेला लाग्ने गरेको पुर्बमा यातुगणेशको मन्दिर बिराजमान रहेको छ । 
गरुडकुण्ड
च्याम्हासिहमा रहेको गरुडकुण्डलाई कुम्ह समुदायले पार्कमा परिणत गरेका छन् । उनीहरुले त्यहाँ तीनसयको संख्या गमला राखेर फुल रोपेका छन् । पार्क भित्र रहेको गरुडकुण्डमा मुहानको पानी संकलन भैरहेको बिचित्रको दृष्य देखिन्छ । कुण्डमुनि झर्नको लागि सिढीहरु समेत बनाइएका छन् । 
च्याम्हासिह पुखु
आठवटा सिहका मुर्ति रहेको च्याँम्हासिह पुखु उएटा बिद्यालय हातामा रहेको छ । सो बिद्यालयका बिद्यर्थीलाई पोखरीको पर्याबरणीय चक्र प्रणालीको प्रयोगात्मक ज्ञान दिन पोखरीको उपयोग हुदै आएको छ । बसपार्कसगै भएकोले च्याम्हासिह आउने जो कोही देशी तथा बिदेशी पर्यटकले यो पोखरी अबलोकन गर्दै आएका छन् । 
खँचा पुखु
प्रसिद्ध पाँचतले मन्दिरको छाँया देखिने खँचा पोखरी खँचा टोलमा रहेको छ । माहेश्वरीखोलको उकालो उक्ले पछि पुगिने खँचा पोखरीमा पानी नहल्लिएको बेला आधा किलोमिटर टाढा रहेको राष्ट्र बैकले जारी गरेको सय रुपैयाको नोटमा अंकित उक्त मन्दिर स्पष्टसंग देखिन्छ । साँझ घाम डुब्न अघि छायाँ अधिक स्पष्ट देखिने गरेको छ । 
यातापुखु
याता टोलमा दिनभरी घाम लाग्ने गर्दछ । यहाँ रहेको पानी यातापुखूमा यसै कारण पानी तातेको हुन्छ । जाडो महिनामा हनुमन्तेघाटमा माघको स्वस्थानी ब्रत बस्नेहरु यस पोखरीमा स्नान गर्न रुचाउछन् । यस पोखरीलाई तातो पानीमा स्नान गर्ने ब्यबसायिक पोखरमिा परिणत गर्ने स्थानीय सरकारको योजना रहेको छ । 
तेखापुखु
तेखापोखरीको नामले समेत चिनिएको भक्तपुरको बजार क्षेत्रमा पर्ने एक मात्र पोखरी हो । यो पोखरी बंशगोपालको बजार छेवैमा रहेको छ । पोखरी परिसरलाई पर्खालले घेरिए छि यसको सुन्दरता थपिएको छ । होली पुर्णिमाका दिनमा यहाँ रंग र पानी खेल्नेहरुको मेला लाग्ने गरेको छ । भक्तपुर सहरका बिभिन्न स्थानमा राखिएका पर्यटक नक्शामा समेत यसको संकेत देखाइएको छ । 
स्वरुप फेरिएका पोखरी
भक्तपुर सहरका केही पोखरी वेवास्ताको कारण संकटमा परेका थिए । पोखरीको पानी सदुपयोग गरी संरक्षणको चासो नदिइदा यी पोखरी संकटमा परेका हुन । गोङग पुखु, जेलाको पुखुचा, बेखाल पोखरी, याताबहारे पोखरी, थुगुचो पोखरी, देगमना पोखरी, मंगल कुण्ड लगायतका पोखरी अस्तित्व संकटमा परेको थियो । हाल सबै जसो पोखरीहरुको राम्रै अवस्थमा छ । 
कम प्रयोग भैरहेका पोखरी
पोखरीमा पानी जम्मा हुन छोडे पछि सुक्ने गरेको छ । सुकेका पोखरीहरु प्रयोग बिहिन अवस्थामा छन् । कुमारी पोखरी र ल्योसिङख्यो पुखु, शिबालय पुखु सुकेको अवस्थामा छ । गलसी पुखु, भुलाँपुखु। यालाछे, भीसिङख्य लगायतका ठाउँहरुमा पोखरी पुरे पछि सरकारी कार्यलय र स्कूलहरु बनेका छन् ।
धारासंग जोडिएका पोखरी
अधिकांस धारामा पानी नभए पनि इन्दायाणी पुखुको पानीले नजिकैको धारा चौबिसै घन्टा पानी बगिरहेको छ । चोर्चा पुखुमा भने धाराबाट निकास भएको पानी संकलन हुन्छ । सल्लाँ गणेश पुखु को पानीले तचपालको भीमसेन मन्दिरमा रहेको धारामा पानीको बहाव ल्याएको छ । हाल भक्तपुरमा रहेको धारामा मध्ये सबैभन्दा बढी पानी यसै धारामा बहने गरेको छ ।
खोला भित्रका पोखरी
हनुमाघाट स्थित त्रिबेणी पोखरी र चम्पाखोलामा रहेको काँलाचा दहमा धार्मिक आस्थाबाट स्नान गर्ने परम्परा छ । तर खोलाको पानी दुषित भएकोले हनुमानघाटमा माघ महिनामा मात्र स्नान गर्ने चलन बाँकी छ । यस अघि काँलाचा दहा स्नान गर्दा खटिरा जन्य रोग निको हुने बिश्वास गरिन्थ्यो । 
छकुने पोखरी
हाल मर्मत भैरहेको यस पोखरी लैको टोल रहेको छ । यहाँ गोल्डेन फीस राखेर पोखरीको प्राकृतिक बाताबरण बिग्रेको पाईन्छ । बिस्का जात्राको बेला यसै पोखरीमा भैरबको रथमा मासुको चोक्टा अर्थात लाको चढाउने चलन रहि आएको छ । यही लाको कै परिष्कृट नाम लैकोबाट यस पोखरी चिनिने गरिएको छ । 
सिलाचहे पुखु
मर्मतको लागि सरकारी बजेट पछि गत दुई बर्षमा पुस्तक समेत प्रकाशित भएको पोखरीहरु यति खेर चर्चित रहेको छ । यस अधि स्थानीय दुई फरक फरक क्याम्पसहरुको अधिनमा रहेका ती पोखरीहरु स्थानीय निकायको अग्रसरमा मर्मत भै सिलाचहे अर्थात शिवरात्रीको दिन उद्धघाटन गरिएका छन् । न्हू पुखु र भाजु पुखु शिबको मुर्ति स्थापना गरिएको कारण शिवरात्रीको दिन उद्धघाटन गरिएका हुन् । यी दुई पोखरीलाई निकै पुरानो मानिएको छ।

पोखरी सर्किटको अबधारणा
पोखरीहरुमा चहलपहल कायम गर्न त्यस क्षेत्रमा पर्यटकहरको आवागमन नियमित हुनु पर्दछ । यतिमात्र नभएर चाडपर्ब र मेलाका बेलामा पोखरी परिक्रमा गर्ने संस्कारको थालनी समेत गर्न सकिन्छ । यसरी गरिने परिक्रमालाई पोखरी सर्किट भन्न सकिन्छ । पोखरीको पानीको श्रोत मात्र नभएर आसपासको तापक्रम सन्तुलित राख्ने बैज्ञानिक पद्धति पनि हो । पोखरीको क्षेत्रहरुमा गर्मी र जाडोको अन्तर कम हुने गरेको छ । यसै कारण घनाबस्ती रहेका स्थानहरुमा पोखरी निमार्ण भएका हुन । यसरी बहुउपयोगी भक्तपुरका तीन दर्जन बढी पोखरीहरु तीन घण्टाको छोटो अबिधि हेर्न सकिन्छ । यी पोखरी रहेको स्थानमा भ्रमण गर्दा आनन्दित हुन पाउने अवसर भक्तपुरको पोखरी सर्किट यात्रा उपलब्ध हुन्छ ।

...

All Comments.......


Please Login/Register To Comments