नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय, मध्यपुर थिमिकाे अायाेजनामा मध्यपुर स्काउटको २३अाैँ स्थापना दिवस एक समाराेहबिच सम्पन्न भएकाे छ । मध्यपुर थिमि नगरपालिकाका उप-प्रमुख श्री बिजयकृष्ण श्रेष्ठकाे प्रमुख अातिथ्यतामा सम्पन्न उक्त समाराेहमा सदस्यता वृद्धि अायुक्त श्री भुवनचरण श्रेष्ठले स्वागत मन्तव्य राख्नुहुँदै मध्यपुर स्काउटको गाैरवशाली ईतिहासकाे चर्चा गर्नुभयाे । बिद्यार्थीहरूलाई असल नागरिक बन्न सहयाेगी स्काउटिङ्ग एक सशक्त अनाैपचारिक अभियान हाे भन्नुहुँदै प्रमुख अतिथि श्रेष्ठले मध्यपुर स्काउटकाे ईतिहासकाे तारिफ गर्दै भविष्य पनि उज्ज्वल रहेकाे बताउनुभयाे र मध्यपुर स्काउटसंग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । विशेष अतिथिकाे मन्तव्य राख्नुहुँदै नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव श्री रामगोपाल कर्माचार्यले मध्यपुर स्काउटको स्थापनाकालदेखिकाे संक्षिप्त ईतिहासकाे चर्चा गर्नुहुँदै सक्षम नेतृत्वहरूका कारण अाज मध्यपुर स्काउट देशकै नमुना स्काउट बन्न सफल भएकाेमा खुशी व्यक्त गर्नुभयो । त्यसैगरी, कार्यक्रमका अतिथि तथा मध्यपुर स्काउटका पूर्व स्थानीय अायुक्त श्री हरि बहादुर श्रेष्ठले बिबिध विषम परिस्थितिहरूमा मध्यपुर स्काउटले खेलेकाे बहादुरीपूर्ण भूमिकाकाे स्मरण गर्नुहुँदै हालै सम्पन्न स्काउट निर्वाचनले स्काउटिङ्ग अभियानलाई व्यक्तिप्रधान नभई नीतिप्रधान भई अघि बढ्न मार्ग-प्रशस्त गर्ने बिश्वास व्यक्त गर्नुभयाे । नेपाल स्काउट, बागमती प्रदेेश स्काउटका महिला सदस्य श्री सानू चक्रधर, राष्ट्रिय सह-प्रशिक्षक श्री दिलकृष्ण प्रजापति, मध्यपुर स्काउटका कार्यसमिति सदस्यहरू, स्थानीय स्काउटरहरू लगायत राेभर-रेञ्जर तथा स्काउटहरूकाे सहभागितामा सम्पन्न साे समाराेह स्काउट भवनसंगै जाेडिएकाे थिमि सेरामिक्सकाे सभाहलमा सु-सम्पन्न भएकाे थियाे । मध्यपुर स्काउट कार्यसमिति सदस्य श्री रबिना बजूले सञ्चालन गर्नुभएकाे उक्त कार्यक्रमका सभापति तथा स्थानीय अायुक्त श्री तुल्सीहरि प्रजापतिले सहयाेगी एवम् सहभागी सम्पूर्णमा धन्यवादज्ञापन गर्नुहुँदै मध्यपुर स्काउटले बिगत २ बर्षे तदर्थ समिति कार्यकालमा सञ्चालन गरेका बिबिध सकारात्मक एवम् रचनात्मक गतिविधिहरूकाे संक्षिप्त चर्चा गर्दै स्काउटिङ्ग अभियान बिश्वासकाे जगमा मात्र बलियाे हुने धारणा व्यक्त गर्नुभयो ।...

All Comments.......


Please Login/Register To Comments