भक्तपुर – सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले धितो र ब्याज बिनाको ऋण दिने तयारीमा आफुहरु रहेको बताउनुभएको छ ।

सूर्यविनायक नगरपालिका, स्विस सरकार र वान टु वाच संस्थाको संयुक्त आयोजना भएको कार्यक्रम बोल्दै नगरप्रमुख थापाले उक्त कुरा  बताउनु भएको हो ।

नगरप्रमुख थापाले भन्नु भयो -“अब सूर्यविनायक नगरपालिका नयाँ ढङ्गबाट अगाडी बढ्ने भएकोले अब यस नगरपालिकाले नगरवासीलाई धितो र ब्याज बिनाको सहुलियत ऋण दिने तयारी गरिरहेको छ ।” नगरबासीले तिरेको कर हामी सहि ठाउमा प्रयोग गर्छौ, हामि करको दायरा बढाउछौ तर जनताको ढाड सेक्न करको दर  बढाउदैनौ” – उहाँले भन्नुभयो ।

प्रमुख थापाले नगर क्षेत्र भित्र उद्योग र व्यवसाय फस्टाएको राम्रो कुरा हो, नगर भित्र उद्योग फस्टाए विदेश जाने क्रम रोकिन बताउनुभयो । उहाँले अब नगरपालिकाले आय मुलक, शिपमुलक, रोजगारी मुलक कामको सुरुवात अबको तीन बर्ष भित्र गर्ने बताउनुभएको छ । निजी क्षेत्रको व्यवसाय दर्तामासहजीकरण गर्न नगरपालिका तत्पर छ, निजि क्षेत्रले स्थानीयवासीलाई रोजगारी सिर्जना गर्ने, स्थानीय शिप, स्थानीय कला, स्थानीय कच्चा पदार्थको प्रयोग समेत बढ्ने बताउनुभयो । हामि नगरबासीलाई सुविधा पनि दिन्छौ र बस्न लायक सफा र हराभरा पनि बनाउछौ ।

नेपाल स्थित स्विस राजदुतावासकी महामहिम राजदूत ड्यानिएली मिउली  (Danielle Meuwly) ले सूर्यविनायक नगरपालिकाले संविधान अन्तर्गत आफुले पाएको अधिकार प्रयोग गरेकोमा आफुलाई खुसी लागेको बताउनुभएको छ । उहाँले नेपालमा रहेका निजी क्षेत्रको विकासका लागी स्विस सरकार लागिपरेको बताउनुभयो । नेपालको वृद्धि अवसत छ, आर्थिक समस्या छ, दक्ष कामदारको अभाव छ यो सबै समस्याको  समाधान गर्न व्यापार विकास सेवा (business development service) को सहयोग लिएर व्यापार बढाउन सकिने बताउनुभयो ।

सूर्यविनायक नगरपालिकाले चलाएको “बिल्ड” कार्यक्रम सफल भयो, यस कार्यक्रमलाई अझै बढाउनु पर्ने र यसबाट अरु नगरपालिकाले पनि सिक्नु पर्ने बताउनुभयो ।


...

All Comments.......


Please Login/Register To Comments