भक्तपुर । किपाःग्राफी भक्तपुरका सल्लाहकार अच्युत प्रजापति र पूर्व अध्यक्ष पदमसुन्दर शाक्य पासा पुच गुठी लण्डनको आयोजनामा आउँदो शनिबार २०८१ बैसाख १ गतेका दिन आयोजना हुने लण्डन विस्काः जात्रा तथा फोटो प्रदर्शनीमा आयोजक पासा पुच गुठी लण्डनको निमन्त्रणामा सहभागी हुन विहीबार नेपालबाट युके प्रस्थान गरेका छन् । किपाःग्राफी भक्तपुरका सल्लाहकार प्रजापति र पूर्व अध्यक्ष शाक्य बिशेष अतिथिको रुपमा प्रदर्शनीमा सहभागी हुन लागेका हुन । प्रदर्शनीमा गुठी र किपाःग्राफी का फोटोग्राफरहरुले खिच्नु भएको कुल ७० ओटा फोटो प्रदर्शन गरिने जनाइएको छ । आयोजकले प्रदर्शनीमा प्रदर्शन गरिने फोटोमार्फत अवलोकनकर्ताहरुमा हाल लण्डनमा आफूहरुले अंगालिरहेको संस्कृति र भक्तपुरको संस्कृति र संम्पदाबीचको भिन्नता आवास गराउने बिश्वास व्यक्त गरेको छ ।

...

All Comments.......


Please Login/Register To Comments