सुनिता गाइसी 
भक्तपुर । समाजलाई समग्र रुपमा विकास गर्नको लागि अध्ययन र अनुसन्धान जरुरी हुन्छ । अनुसन्धानबाट नै समाजका समस्याहरु पत्ता लाग्ने गर्दछ । यसै विषयलाई मध्यनजर गदै ख्वप कलेज देकोचा भक्तपुर अन्र्तगतको गोष्ठी तथा सम्मेलन समितिले विहीबार अनुसन्धान र मामला अध्ययन विषयमा एक दिने कार्यशाला गोष्ठी आयोजना गर्यो । समितिका संयोजक रुपक खड्काले अनुसन्धान र मामला अध्ययन महत्वपूर्ण विषय रहेकोले गोष्ठीको आयोजना गरिएको बताउनुभयो । गोष्ठीमा स्रोत न्यतिmका रुपमा लिटिल्स ऐन्जल्स कलेज अफ म्यानेजमेन्टका प्राचार्य डा. मित्रबन्धु पौडेल र लिटिल ऐन्जल्स कलेजका ऐकेडेमीक डाइरेक्टर डा स्मृती पन्तले मामला अध्ययन र अनुसन्धान विषयमा प्रशिक्षण गर्नुभएको थियो । 
अनुसन्धानलाई अगाडि बढाउन अध्ययन पनि उतिकै जरुरी रहेको कुरालाई जोड दिदै डा. पौडेलले आफनै गाउँ टोल छिमेकका विषय बस्तुलाई पनि मामिलाको रुपमा तयार गर्न सकिनेबारे बताउनुभयो ।  यसैगरी डा. पन्तले अनुसन्धानमा आइपनेै कठिनाई, त्यसको समाधान र सहजताबारे छलफल गर्नु भयो । यस गोष्ठीमा ख्वप कलेज, ख्वप मावि र शारदा माविमा अध्यापनरत उपप्राध्यापक, शिक्षकहरुको सक्रिय सहभागिता थियो । अध्ययन अनुसन्धानमा अग्रसर गराउन र अनुसन्धान कार्य क्षमता अभिबृद्धि गर्न यस गोष्ठीले महत्वपुर्ण भुमिका खेल्नेबारे मा ख्वप कलेजका प्राचार्यले बताउनुभयो । गोष्ठीको अन्त्यमा प्रशिक्षक डा. पौडेल र डा. पन्तलाई कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले मायाको चिनो प्रदान गर्नुभएको थियो । 

...

All Comments.......


Please Login/Register To Comments