भक्तपुर । काठमाडौँ जिल्लाका सिडिओ जनकराज दाहाललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । बिहीवार उनलाई संक्रमण पुष्टि भएको हो । उनले बुधवार पिसिआर परिक्षण गराएका थिए । बिहीबार आएको रिपोर्टमा कोरोना पोजेटिभ पाइएको सिडिओ कार्यालय श्रोतले जनाएको छ ।
सिडिओ दाहाल हाल आइसोलेसनमा रहेका र उनको अवस्था सामान्य रहेको बताइएको छ । सिडिओ कार्यालयका सूचना अधिकारीसमेत रहेका सहायक सिडिओ जीवनप्रसाद दुलालले भने आफू बिदामा रहेकाले सिडिओ दाहाल संक्रमित भए नभएको थाहा नभएको बताए ।

...

All Comments.......


Please Login/Register To Comments