भक्तपुर, ३० चैत । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा ११ वटा मासु पसल बिहिबार र शुक्रबार दुई दिन मासु पसल अनुगमन गर्यो । फ्रिजमा जथाभावी सामान राखी विग्रेको मासु समेत भएकोले विग्रेको र गन्हाएको मासु जफत गरी नष्ट गरेको संयोजकले बताउनुभयो ।
अनुगमनमा न्यू नवदुर्गा कोल्ड स्टोरमा फोहर व्यवस्थापन व्यवस्थित नभएकोले सरसफाईमा ध्यान दिन र कुखुरा सफा गरेको फोहरहरु ढल निकासमा नपठाउने र एप्रोन सेतो प्रयोग गर्ने निर्देशन दियो । त्यस्तै इन्द्रायणी कोल्ड स्टोरमा मूल्य सूचि राख्ने, फ्रिजमा बोरा लगायतका अन्य जथाभावी सामानहरु नराख्ने र फ्रिजिड्ड प्रणाली व्यवस्थित गर्ने, पसलमा जथाभाबी राखेको साम्रागीहरु व्यवस्थित गर्ने, सरसफाइमा ध्यान दिने, मासु धुवा“धुलोले नभन्किने गरी सीसाको बाकस राख्ने र दर्ता प्रमाणपत्र लिएर तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिई विग्रेको मासु ३.५ केजि जफत गरी नष्ट गरियो । त्यस्तै विएनसि मिट सपमा पसल तीन दिन भित्र दर्ता गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न, मुल्य सुचि राख्न, फ्रिजमा फ्रिजिड्ड प्रणाली व्यवस्थित गर्न, लेबल नभएको मःम लगायत कुनै पनि सामान बेचविखन नगर्न र तीन दिन भित्र दर्ता प्रमाणपत्र लिई नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिई तराजु दुई थान जफत गरी विग्रेको मासु १६.५ केजि नष्ट गरेको वडानिरिक्ष रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो । 
त्यस्तै बिहिबार भएको अनुगमनमा कार्यविनायक मिटसप मासु धुवा“धुलोले नभन्किने गरी सिसाको बाकस राख्ने, पसल फोहर देखिएकोले सरसफाइमा ध्यान दिने , फोहर कपडा हटाई तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दियो । त्यस्तै सिद्धि गणेश मिट सपमा पुरानो बासी मासु १.५ केजि जफत गरी सरसफाइमा ध्यान दिन निर्देशन दियो । त्यस्तै बिएस मिट सेन्टरमा धुलो धुवा“ले मासु फोहर नहुने गरी सिसाको बाकसमा राख्ने, सरसफाईमा ध्यान दिने, फ्रिज फोहर भएकोले सफा गर्ने, बासी रगत ७ लिटर जफत गरी नष्ट गरियो । त्यस्तै कमलबिनायक मिटसपमा फ्रिजमा मासु स्टोर गर्दा जि बल्क झोला प्रयोग गर्ने, सीसाको बाकस राखेर दर्ता नविकरण सहित ३ दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दियो । त्यस्तै सुरेन्द्र मिट सपमा नियमित सरसफाईमा ध्यान दिन र पसल बाहिर सामान नराख्न निर्देशन दियो । त्यस्तै जुजु मिट सपफ्रिजमा मासु स्टोर गर्दा जि बल्क झोला प्रयोग गर्ने निर्देशन दियो । त्यस्तै नबिन मिट शपमा सेतो एप्रोन लगाउने, मूल्य सूचि राख्ने, बाटोमा राखेको पसल छत हटाउन निर्देशन दियो । त्यस्तै सुरेन्द्र मिट हाउसमा सरसर्फा विषेश ध्यान दिन निर्देशन दियो 
अनुगमन समितिका सदस्य एवम् वडाध्यक्ष श्यामकृष्ण खत्री, रोशन मैया सुवाल, ज्ञान बहादुर मानन्धर, भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, जिल्ला प्रशासन कार्यालय, भक्तपुरका हरिहर काफ्ले, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक अक्कल बहादुर बिष्ट, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग बाणिज्य संघका राजेश त्वानाबासु, घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, पशुसेवा कार्यालयका पार्वती योञ्जनको सहभागी थियो ।

...

All Comments.......


Please Login/Register To Comments