मध्यपुर थिमि । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ दुईपोखरी बस्ने वर्ष ५० को तुइलाल श्रेष्ठ बसेको ठाँउबाट अचानक पोखरीमा खस्न जाँदा स्थानीयले देखेर तल्काल उद्धार गरी उपचारको लागि कोरियन अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको छ । घटनास्थलमा प्रहरी वृत ठिमीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी लाश पोष्टमार्टमको लागि के.एम.सी. अस्पताल दुवाकोट लगिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।
...

All Comments.......


Please Login/Register To Comments