भक्तपुर । भक्तपुरको विस्का जात्रा भनेपछि धेरैले ल्यसिंद्यो उठाउने, ढाल्ने, भैरबनाथको रथ तान्ने आदि इत्यादि मात्रै थाहा पाएका हुन्छन् । तर भक्तपुरमा आठ रात नौ दिन मनाइने विस्का जात्रा अन्तर्गत अरु पनि धेरै जात्राहरु सञ्चालन भएका हुन्छन् । तीमध्ये एक हो महाकाली महालक्ष्मी जात्रा । विस्का जात्राको क्रममा आइतबार महालक्ष्मी महाकालीको जात्रा सफलतापूर्वक सम्पन्न भएको छ । जात्राको क्रममा स्थानीय सयौ जात्रालुहरुको सहभागिता रहेको थियो । 
झैझगडा नहुने, टोलबासीहरुले मिलेर मनाउने यो भक्तपुरको उदाहरणीय जात्रा हो । जात्रा अन्तर्गत रथ जात्रा हुन्छ । रथलाई बोकेर दोहरयाउने काम जात्रामा हुन्छ । यही जात्रा हेर्ने सयौं स्थानीयबासीको भीड लाग्ने गर्दछ । प्रत्येक वर्ष विस्का जात्राको क्रममा वैशाख २ गते यहाँं यो जात्रा सञ्चालन हुने गर्दछ । 

...

All Comments.......


Please Login/Register To Comments