भक्तपुर । भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोल डोलेश्‍वर बस पार्कस्थित सडक खण्डमा एकिन नाम, थर वतन नखुलेको अंन्दाजी वर्ष ३५÷४० को पुरुष ब्यक्ति घोप्टो परी अचेत अवस्थामा फेला परेको छ । उक्त व्यक्तिलाई तत्काल उपचारको लागि सूर्यविनायक नगर अस्पताल जगाती भक्तपुर लगेकोमा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । लाशको हालसम्म पहिचान हुन नसकेकोले कोही कसैको आफन्तको चिनजानको भए लाश बुझिलिन आउन अनुरोध गरिएको छ । आर्यन अनुहार भएको, गहु गोरो वर्ण, दाह्री जुङ्गा भएको, लोगो भएको निलो रंगको हाप टिसट, कालो जिन्स पाइन्ट र कालो रंगको स्मार्ट वाच लगाएको जनाइएको छ । निम्न हुलिया भएको ब्यक्तिसंग मेल खान गएमा नजिकको प्रहरी कार्यालय वा प्रहरी वृत जगाती भक्तपुरमा सम्पर्क राख्नुहुन अनुरोध गरिएको छ । सम्पर्क नं. ९८५१२८३०२८, ९८५१२८९८१७५

...

All Comments.......


Please Login/Register To Comments